OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २८, २०७९सुर्खेत
६३५ पटक

२८ साउन २०७९, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित धारापानीमा रहेको कोपिला भ्याली स्कुल अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले आज उक्त स्कुलको शैक्षिक अवस्था, भौतिक संरचना, जनशक्ति व्यवस्थापन र बालबालिकाको पठन संस्कृतिबारे अवलोकन गर्नुभएको हो । कर्णालीका टुहुरा एवं बेसाहारा बालबालिकालाई शिक्षा प्रदान गरी यहाँको शैक्षिक विकासमा सहयोग पुर्याउँदै आएको भ्याली स्कुल पुग्नुभएका उहाँले शिक्षण सिकाई क्रियाकलाप, वातावरणीय अवस्था र जनशक्ति व्यवस्थापन राम्रो रहेको बताउनुभयो ।

“हामी त्यो स्कूल अवलोकन गर्नुको ध्येय भनेको सार्वजनिक विद्यालयहरुलाई कसरी बलियो बनाउने र कर्णालीमा गुणस्तरीय शिक्षाको विकासमा के गर्न सकिन्छ भन्ने हो ?” उहाँले भन्नुभयो, “यस विषयमा त्यहाँका संस्थापक एवं सिएनएन हिरो आवार्ड विजेता म्याग्गी डोयन र सहसंस्थापक टोपबहादुर मल्लसँग छलफल भयो ।” उहाँहरुले यसमा चासो देखाएको मुख्यमन्त्री शाहीको भनाई थियो ।

प्रकृतिसँग जोडिएको उक्त विद्यालयको मनोरम वातावरणमा पढ्ने, पढाउने मात्र नभई फार्मिङ, विभिन्न क्षेत्रसँग जोडिएको उद्यम एवं व्यवसायले विशेषगरी महिलालाई रोजगार दिएर वार्षिक रु.दुई हजार डलर आर्जन गर्नमा सहयोग पुर्याएको भन्दै विद्यालय परिवारलाई उहाँले धन्यवाद दिनुभयो । मुख्यमन्त्री शाहीले अमेरिकामा जन्मेर कर्णालीको शैक्षिक विकासमा ठूलो योगदान दिएकोप्रति संस्थापक म्याग्गीको उच्च प्रशंसा गर्नुभयो ।

मुख्यमन्त्रीसँगको भेटमा संस्थापक म्याग्गीले कर्णालीको शैक्षिक उन्नयनका लागि कुनैपनि काम गर्न तयार भएको प्रतिवद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहीले उक्त स्कुलको अवलोकन फलदायी भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्