OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन २८, २०७९जुम्ला,
१५११ पटक

साउन २८ गते । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही गृह जिल्ला जुम्लामा पुगेका छन् । शाही शुक्रवार जहाँज मार्फत जुम्ला पुगेका हुन् ।
शुक्रवार विमानस्थलमा पुगेका शाहीलाई कार्यकर्ताले शाहीलाई भब्य स्वागत समेत गरेका छन् । नेता कार्यकर्ता र शुभचिन्तकले शाहीलाई नेपाली झण्डा,खादा तथा दोसल्लाले भब्य स्वागत गरेका हुन् ।

जुम्लाबाट प्रतिनिधिसभा सांसदमा निर्वाचन लड्ने घोषणापछि नेता शाही पहिलो पटक गृह जिल्ला जुम्लाको सदरमुकाम खलङ्गामा पुगेका छन् । उहाँले उम्मेदवारी घोषणा गरे सँगै जिल्लामा राजनित चर्चा शुरु हुन थालेको छ ।

जुम्ला पुगेका शाहीले अव जिल्लामा चुनाव प्रचार यात्रा शुरु भएको बताए । उनले शनिवार सिंजा क्षेत्रमा जाने समेत जानकारी दिए । शाहीले जुम्लामा आउदा जन्मभूमि जुम्लाले राष्ट्रिय राजनितिमा वर्चश्व राख्न नसकेकाले हुनुपर्ने विकास हुन नसकेको दावी गरेका छन् ।

शाहीले यस पटक जुम्लावासीले भोट हालेर आफुलाई सहयोग गर्ने समेत विश्वास भएको बताउनुभयो । जुम्ला सिंजा गाउँपालिका ३ निवासी ज्ञानेन्द्र शाहीले जुम्लाबाट उम्मेदवारीको घोषणा गरेपछि अहिले सामाजिक संजाल तातिएको छ । भ्रष्ट्रचार विरुद्धको शुसासन आन्दोलन गर्दै आएका शाही अहिले राप्रपाको राजनितिमा लाग्नु भएको छ ।

प्रतिकृया दिनुहोस्