OnlinePana

आज : २०८२ जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २७, २०७९
३०१ पटक

२७ साउन २०७९, शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियार सुर्खेत कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो ।

विभिन्न विषयसँग सम्बन्धित उजुरीहरू कार्यालयमा परेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो ।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ । विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिइएको सूचना अधिकारी रिजालले बताउनुभयो ।

अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्