OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०७९सुर्खेत
६७१ पटक

२६ साउन २०७९, शुक्रबार

फुटबल प्रशिक्षक उत्पादन गर्न कर्णालीमा सञ्चालन गरिएको चार दिने प्रशिक्षण प्रशिक्षक कोर्ष सम्पन्न गरिएको छ ।

एन्फा सहयोग र जिल्ला फुटबल संघ सुर्खेतद्वारा आयोजित चारदिने प्रशिक्षक कोर्ष प्रदेशको राजधानी सुर्खेतमा आज सम्पन्न भएको हो । उक्त कार्यक्रममा कम्युनिटी कोचिङ कोर्ष एन्फाका केन्द्रीय सदस्य रविन चन्दले आधारभूत रुपमा दिइएको प्रशिक्षक कोर्षसम्बन्धी तालिमले खेल र खेलाडीका लागि विकास एवं अवसर दुवै हुने बताउनुभयो ।

कम्युनिटी कोर्ष गरेपश्चात् क्लबहरुसँग समन्वय गरी अगाडि बढ्ने जनाउँदै केन्द्रीय सदस्य चन्दले आगामी प्रशिक्षणमा पनि एन्फाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विषम परिस्थितिका बाबजुद डी लाइसेन्स केन्द्रित प्रशिक्षण भएपनि सी, बि र त्यो अगाडिको चरणमा पुग्न एन्फाले सहयोग गर्ने उहाँको भनाई थियो ।

“प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले अब भने स्तरउन्नतिका लागि लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “यो खालको प्रशिक्षण फुटबल संघ सुर्खेतका लागि नौलो अनुभव हो । कर्णाली प्रदेशमा पहिलोपटक आयोजित प्रशिक्षणले फुटबल क्षेत्रमा विकासमा ठूलो सहयोग पुग्ने एन्फाका सदसय सञ्जिव सिंहले बताउनुभयो ।

उहाँले सुर्खेतबाट श्रीलंका जाने क्याम्पमा धनसिं बि.क. जस्ता खेलाडी छनौट हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्कृष्ट खेलाडी उत्पादन र खेल प्रदर्शनका लागि प्रशिक्षण चार दिनसम्म दिइएको प्रशिक्षण उपलब्धिमूलक हुनेछ । खेल जगतको विकासमा भने कर्णालीमा सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्दछ ।”

प्रशिक्षक एवम् एन्फा सदस्य नवीन महर्जन तथा सैनिक आवासीय विद्यालय सुर्खेतका प्राचार्य प्रेमबहादुर विश्वकर्माले प्रशिक्षणले खेल क्षेत्रमा आकर्षण बढ्ने बताउनुभयो । सहभागीहरुको प्रतिनिधित्व गर्दै सुर्खेतका खेलाडी अस्मिता नेपालीले प्रशिक्षणमार्फत नेतृत्व र प्राविधिक दुवै कुरा सिकाएको भन्दै प्रशिक्षण निकै उपलब्धिमूलक भएको जनाउनुभयो । उक्त कार्यक्रममा साविक मध्यपश्चिमाञ्चल विकास क्षेत्रका ३० जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्