OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २५, २०७९
७६९ पटक

२५ साउन २०७९, बुधबार

‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । प्रदेशसभा सचिवालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय यही साउन २२ गते पठाएको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

यस अघि कर्णाली सरकारले ‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७८’ ल्याएको थियो । ऐन बनेसँगै प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा उपलब्ध गराउन सहज हुने भएको छ । योसहित कर्णालीमा ३९ वटा विधेयक प्रमाणीकरण भएर कानून बनेका छन् । प्रमाणीकरण ३९ मात्र भएपनि प्रदेशसभाबाट ५१ विधेयक पारित भएका छन् ।

प्रतिकृया दिनुहोस्