OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २३, २०७९सुर्खेत
३०८ पटक

२३ साउन २०७९, सोमबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सिफारिसका लागि अन्तिम निर्णय गर्ने अधिकार दलको नेतालाई दिएको छ ।

माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको बैठकले उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय दिने अधिकार दलका नेता तथा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिने निर्णय भएको प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सत्ता गठबन्धन दलभित्र उद्योग, पर्यटन मन्त्रालय माओवादीको भागमा परेकोले उसैले मन्त्री नियुक्तिका लागि नाम सिफारिस गरेर पठाउने छ ।

“माओवादी केन्द्रबाट विसं.२०७८ माघ २३ गते कर्णाली प्रदेश सरकारको उद्योगमन्त्रीमा नियुक्त हुनुभएका छिरिङ डम्डुल लामा (कार्चेन)को छ महिनाको कार्यकाल आज साउन २३ सकिएको छ, “प्रमुख सचेतक शाहले भन्नुभयो, “उद्योगमन्त्रीको पद रिक्त भएपछि माओवादीले कसलाई मन्त्री बनाउने भन्ने छलफलका लागि आज दलको बैठक बसेको हो ।”

प्रमुख सचेतक शाहका अनुसार कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल अगाडि बढेको छ । उहाँले देखाएको संकेत अनुसार डोल्पा ‘ख’ क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित बीरबहादुर शाहीलाई उद्योगमन्त्री बनाउने कोणबाट माओवादी केन्द्रले छलफल गरिरहेको छ ।

त्यसैगरी, आज बसेको दलको बैठकमा विधेयकका विषयमा दलले धारणा बनाउने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, सिंजा सभ्यता संरक्षण तथा विकास र कर्णाली नवप्रवर्तन विधेयक अगाडि बढाउने, संशोधन हाल्ने विषयमा पनि छलफल भएको जनाउँदै उहाँले त्यसका विषयमा माओवादी केन्द्रसहितले गठबन्धन दलभित्र साझा धारणा बनाएर जाने समेत छलफल भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्