OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २०, २०७९काठमाडौं
४८२ पटक

२० श्रावण २०७९, शुक्रबार,

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रेस बिज्ञको रुपमा जनयुद्धकालमा जनताका बीचमा चर्चित जनादेश साप्ताहिकका पूर्व सम्पादक मनऋषि धिताललाई नियुक्त गर्नु भएको छ ।
२०५२ सालदेखि २०६२ सालसम्म चलेको १० वर्षे जनयुद्धमा तत्कालिन नेकपा माओवादीको मुख पत्र जनादेश भूमिगत शैलीमा लाखौं प्रति देशका कुना काप्चामा पुग्ने गर्दथ्यो ।

पत्रकार मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको प्रेस बिज्ञको रुपमा नियुक्त भएपछि छोेटो समयमा काम कसरी गर्ने सो बिषयमा सोचिरहेको बताउनुभयो ।

माओवादीको मुखपत्र जनादेश हाल बन्द छ । करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय धितालले अर्थमन्त्रालयलाई सञ्चार माध्यममैत्री र सञ्चार जगतसँग अझै नजिक ल्याउने विश्वास गरिएको छ ।
बरिष्ठ पत्रकार धिताल अर्थमन्त्री शर्माको प्रेस विज्ञमा नियूक्त भएपछि वधाईले सामाजिक संजाल रंगिनुका साथै पत्रकारिता क्षेत्रमा केही गर्ने आशा जागेको छ । बरिष्ठ पत्रकार धितालको जन्मथलो सिंजा गाउँपालिका ३ जुम्लाको धिताललिहीमा हो ।

प्रतिकृया दिनुहोस्