OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २०, २०७९जाजरकाेट
५७६ पटक

२० साउन २०७९, शुक्रबार

नागमञ्चमीको दिनमा कार्यालयका कर्मचारीहरु बसेर कार्यकक्षमै मदिरा सेवन गरेर चर्चामा आएका जाजरकोट कृषि विकास कार्यालयका कर्मचारीलाइ सामान्य सचेत गराएर छोडिएको छ ।

जब कार्यकक्षमै मदिरा सेवन गरेको तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजानिक भयो । त्यपपछि कृषि विकास कार्यालयका प्रमुखलाइ जोगाउनका लागि नेपाली कांग्रेस जाजरकोटको पुरै टिम शक्ति केन्द्रमा फोन देखि गठबन्धनको मर्म अनुसार संरक्षण गर्नुपर्ने भन्दै पुरै संरक्षणमा लागेको पाइयो ।

कांग्रेस जाजरकोटले टिमले सामाजिक सञ्जालमा समेत स्टाटस लेख्दै कृषि विकास कार्यालयका प्रमुख रविन धिताललाइ अफिस समय भन्दा पछि मदिरा सेवन गरेको भन्दै केही दोष नभएको समेत जिकिर गर्दै बचाउमा लागेको थियो । कर्णाली प्रदेश मताहातमा रहेको कृषि विकास कार्यालयका प्रमुख धिताल जोगाउन जाजरकोट कांग्रेस सभापति बेदराज सिंह लगाएतको टिमले मुख्यमन्त्री जीवनबहादुर शाहीलाइ फोन गरेर जसरी नि जोगाउनका लागि आग्रह गरेका थिए । उसो त धिताललाइ मुख्यमन्त्रीको खास मान्छे भन्दै टिकाटिप्पणी नभएको होइन् ।

विप्लव माओवादी कार्यक्रताले कार्यकक्षमै कार्यालयका कर्मचारीहरु मिलेर मदिरा सेवन गरिरहेको पत्ता लगाएर प्रहरीलाइ खवर गरेका थिए । कृषि विकास कार्यालयमा कार्यरत कांग्रेस निकट कर्मचारी देखि कांग्रेस सभापति आफैँ रविन धितालले कार्यालयमा मदिरा सेवन गर्नु उचित भएको भन्दै प्रहरी प्रमुख सन्तोष निरौला र प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाइ कारबाही नगर्न दबाब दिएका थिए । सामाजिक सञ्जाल भरी कार्यालयमा मदिरा सेवन गर्नु राम्रो नभएको भनि टिप्पणी गरेपनि कांग्रेस निकट कुनै पनि पत्रकारले समाचार कभरेज गरेका थिएनन् । प्रत्येक महिना जिल्ला प्रशासन कार्यालय जाजरकोटमा सरकारी कार्यालयको बैठक हुने गर्दछ ।

उक्त बैठकमा समेत कृषि कार्यालयका प्रमुख रविन धिताल सहभागी नहुने गरेको पाइएको छ । केही समय अघि मात्र प्रशासनको अनुमति विना कृषि विकास कार्यालयको गाडी व्यक्तिगत काममा प्रयोग गर्न लागेको जानकारी आएपछि उक्त गाडी वसपार्कमा रोकेर फिर्ता गरिएको थियो । धिताल निजी गाडीमा घर गएका थिए । कांग्रेस निकटका व्यक्ति बाहेक अन्य सँग रुखो व्यवहार गर्ने धितालले नेकपा ( माओवादी केन्द्र) र नेकपा एमालेबाट निर्बाचित प्रदेशसभा सदस्यहरुले गरेका फोन रिसिभ नगर्ने देखि राम्रो व्यवहार नदेखाउने गरेको आरोप लाग्दै आएको छ ।

प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्रीले फोन गर्दा तपाइले भनेका काम किन गर्ने ? मलाइ मेरो तरिकाले काम गर्न दिनोस भन्दै फोन काटेको मन्त्री निकट स्रोतले बताएको छ । उनै प्रमुखलाइ बचाउनका लागि प्रदेश मन्त्री देखि प्रदेशसभा सदस्य सम्मालाइ कांग्रेस सभापति सिंहले फोन गरी गठबन्धन निकटका कर्मचारी जोगाउनु हाम्रो दायित्व भएको भन्दै साना तिना गल्तीलाइ संरक्षण गरी गएमा मात्र गठबन्धन सफल हुने तर्क गरेका थिए ।

प्रतिकृया दिनुहोस्