OnlinePana

आज : २०८३ जेठ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १८, २०७९सुर्खेत
८१८ पटक

१८ साउन २०७९, बुधबार

प्रदेश लोक सेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समुहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ ।

आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं.५८४–५८८÷०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका ३ सल्यान स्थायी निवासी हिराराम रौलेका छोरा मास्टर आइडी १४०५७ र रोल ४४६६ का नवीनकुमार रेउलेलाई आयोगले दुई वर्षसम्म कुनैपनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो ।

आयोगको १६ गतेको बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुरमा रेउलेलाई आगामी दुई वर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनहरुमा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो ।

“परीक्षार्थी रेउलेले उक्त परीक्षा दिने क्रममा उत्तरपुस्तिकामा मोबाईल नम्बर लेखी फोन गर्न अनुरोध गरेको भेटियो,” प्रवक्ता खत्रीले भन्नुभयो, “सो कसुर भेटिएकोले प्रदेश लोक आयोग (कार्य सञ्चालन) निर्देशिका २०७८ को दर्फा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम उनको परीक्षा रद्ध गर्नुका साथै दुई वर्षसम्म उम्मेदवार हुनबाट रोक लगाउने निर्णय भएको छ ।”

प्रतिकृया दिनुहोस्