OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १६, २०७९सुर्खेत
४०५ पटक

१६ साउन २०७९, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘महालेखा परीक्षकको चौथौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको आज बसेको दशौं अधिवेशनको २८औं बैठकमा मुख्यमन्त्री शाहीले छलफलका लागि सभामा उक्त प्रतिवेदन पेश गर्नुभएको हो । सो प्रतिवेदन छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउन सभामुख राजबहादुर शाहीले सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिनुभयो ।

त्यस्तै, सभामुख शाहीले समय दिएसँगै प्रदेश मामिला समितिका सभापति दानसिंह परियारले यस अघि कर्णाली प्रदेश सरकारका तर्फबाट सभामा पेश भएको ‘प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५, संशोधन प्रतिवेदनसहित सभामा गर्नुभयो ।

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकमाथि समान्य छलफलका लागि सभामा प्रस्ताव गर्नुभयो । प्रदेशसभा सदस्य दल रावलले छलफलमा भाग लिँदै जिल्ला र कर्णाली प्रदेश खेलकुद परिषद् सदस्यका लागि जिल्लाका लागि छैटौं र प्रदेश सदस्य सचिव ११औं तह हुनेगरी राखिएको संशोधनको समर्थन गर्नुभयो ।

छलफल समाप्त भएसँगै सभामुख शाहीले उक्त विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टा प्रारम्भ भएको प्रदेशसभा सदस्यहरुलाई जानकारी गराउनुभयो । प्रदेशसभाको अर्को बैठक साउन १८ गने बुधबार दिउसो ३ः०० बजे बस्ने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्