OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १५, २०७९काठमाडौं
३५२ पटक

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन ।

छानबीन समितिकाे प्रतिवेदनबाट शर्मा निर्दाेष देखिएपछि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर्याएका थिए ।

प्रतिकृया दिनुहोस्