OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

प्रभाकर निर्दोष प्रमाणित भइसक्नुभयोः प्रचण्ड

खाएको विष पो लाग्छ नखाएको लाग्दैन

कोरपाटी संवाददातासाउन १३, २०७९काठमाडौं
३६४ पटक

१३ साउन २०७९ शुक्रबार 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मा निर्दोष भएको र छानबिन समितिकाे प्रतिवेदनले पनि कुनै गलत नदेखाएकाे बताउनुभएकाे ५ ।  प्रेस सेन्टरकाे दाेस्राे पूर्ण बैठकमा बाेल्दै  प्रचण्डले भन्नुभयाे ‘शर्मामाथि संसदीय छानबिनका लागि १० दिनको सयम दिइयो,’  ‘सात दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’

शर्माले ल्याएको बजेटको राम्रो प्रचार हुन थालेपछि करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर प्रचार गरिएको दाबी प्रचण्डको छ । ‘यो बजेट राम्रो छ भन्ने छँदै थियो सबैतिर, सबैले त्यसलाई स्वागत गर्दै थिए । राति २ बजे अनधिकृत मान्छेलाई ल्यायो, करका दरमा हेरफेर गर्‍यो । अर्थमन्त्रीलाई कारवाही गर्नुपर्छ भनेर यतिधेरै प्रचार गरियो ।’

छानबिनको कुरा उठाएपछि आफूले त्यसलाई स्वीकार गरेर छानबीन समिति बनाइएकाे उहाँले बताउनुभयाे । उहाँले अगाडि भन्नुभयाे ‘ अनि मैले नै छानबिन गरम ल भनेको । खाएको विष पो लाग्छ, नखाएको लाग्दैन नि । छानबिन गर्न तयार भयौं। संसदीय छानबिन भयो ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेतिर ओै‌ल्याउँदै उहाँले एसपीपीमा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि विक्षिप्त भएर अर्थमन्त्रीको कुरा चर्को गरि उठाएको जिकिर गर्नुभयाे । ‘एसपीपीबारे विवाद  बढेपछि केही मान्छेहरुको टाउको दुख्यो । बदनाम हुने भइयो, बडो राष्ट्रवादी छवि भनेर जनतालाई भ्रम दिएकाहरु एकपछि अर्को राष्ट्रघात पो गरेका रहेछन भन्ने प्रमाण प्रस्तुत भएपछि उनीहरु विक्षिप्त भए ।’ प्रचण्डले भन्नुभयाे ।

खाएको विष पो लाग्छ नखाएको लाग्दैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेले अनावश्यक लफडा निकाले पनि पूर्व अर्थमन्त्री निर्दोष सावित भएको बताउनुभयाे ।  काठमाडौंमा आज आयाेजित प्रेस सेन्टरकाे दाेस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै उहाँले  नखाएको विष नलाग्ने भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयले कुनै गल्ती नगरेका कारण छानविन समितिले शर्मालाई निर्दोष सावित गरेको बताउनुभयाे ।

उहाँले ओली सरकारले एसपीपी सम्झौता गरेको कुरा पेरिस डाँडाबाट आफूले पहिलो पटक सार्वजनिक गरेको र तत्काल सम्झौता तोड्न बालुवाटारमा गएर प्रधानमन्त्रीलाई भनेको खुलासा गर्नुभयाे । माओवादी केन्द्रकै पहलमा आज नै एसपीपी सम्झौतामा नेपाल सहभागी हुँदैन भन्ने चिठी अमेरिका पठाएको उहाँले जनाउनुभयाे । एसपीपी सम्झौता गरेको खुलासा गरेपछि केही मान्छेहरूको टाउको दुखेको र उनीहरुले अर्थमन्त्रीले करको दर हेरफेर गरेको भनेर अनेक लफडा झिकेको आराेप लगाउनुभयाे ।

उहाँले भन्नुभयाे ‘करको दर हेरफेर गरेको आरोप लगाएर कारवाही गर्नुपर्छ भनेर धेरै प्रचारवाजी गरियो । मैले नै अध्यक्षको हैसियतले खाएको विष पो लाग्छ नखाएको लाग्दैन नी भनेर संसदीय छानविन समिति नै सहि भनेर छानविन समिति बनाउन भनेँ । प्रचण्डले यी विषयहरुलाई जनताको बीचमा लैजान आग्रह गर्नुभयाे ।

संविधानको रक्षा, गणतन्त्रको रक्षा र देशको आवश्यकताले गठबन्धन बनाएको भन्दै उहाँले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछिसम्म अहिलेको गठबन्धन कायम रहने जनाउनुभयाे। यहि गठबन्धनबाट निर्वाचनमा जाने र शान्ति प्रक्रिया टुङ्ग्याउने बताउनुभएकाे अध्यक्ष प्रचण्डले चुनावअघि तत्काल समाजवादी केन्द्र नबन्ने प्रष्टयाउनुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस्