OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १३, २०७९काठमाडौं
६२३ पटक

१३ साउन २०७९, शुक्रबार

कर्णाली प्रदेशका ७९ वटै स्थानीय तह र ७१८ वडापालिका उज्यालो र विद्युतीकरण गर्नेबारेमा उर्जा मन्त्रीद्वयबीच छलफल भएको छ ।

नेपाल सरकारका उर्जा, जलस्रोत र सिंचाईमन्त्री पम्फा भुसाल र कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहबीच बिहीबार छलफल भएको हो । छलफलमा उर्जामन्त्री सिंहले कर्णाली नेपालको अत्यन्तै विकट भूगोल भएको र त्यहाँका नागरिकहरु अहिले पनि अँध्यारो अवस्थामा बस्नुपरेको बारेमा मन्त्री भुसालसमक्ष जानकारी दिँदै उक्त समस्या समाधानमा विशेष जोड दिन अनुरोध गर्नुभयो ।

उर्जामन्त्री भुसालले कर्णाली उज्यालो कार्यक्रमका लागि तत्काल हुम्ला, मुगु, डोल्पा, जुम्लामा एक÷एक मेगावाट सोलारको व्यवस्था गरिने जनाउनुभयो । कर्णाली प्रदेशको विद्युतीकरणमा सरकार कटिवद्ध रहेको बताउँदै मन्त्री भुसालले विद्युत क्षेत्रको दीर्घकालीन विकासमा सरकार लागि परेको जनाउनुभयो ।

त्यसैगरी, मन्त्री सिंहले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुधन अधिकारीसँगको भेटघाटमा कर्णाली क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गर्नुभयो । कार्यकारी निर्देशक डा.अधिकारीले वैकल्पिक उर्जाबाट कर्णालीलाई प्राथमिकतामा राखिएको बताउँदै तत्काल पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

कर्णाली उज्यालो तथा विद्युतीकरणका लागि उर्जासँग सरोकार राख्ने सबै निकायसँगको बृहत छलफल आयोजनाले आवश्यक लगानी जुट्ने बताउनुभएका उहाँले यसमा तत्काल जोड दिन मन्त्रीलाई आग्रह गर्नुभयो । मन्त्रीले सिंहले जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशको नेतृत्वमा प्रादेशिक गोष्ठीको आयोजना गर्ने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्