OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १२, २०७९काठमाडौं
३२४ पटक

२०७९ साउन १२ गते,

अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशनबाट अध्यक्ष रामकृष्ण न्यौपाने चयन हुनु भएको छ ।
उपाध्यक्षमा रुप्शी बुढा, महासचिवमा विजकली महतारा चयन हुनु भएको छ । यसैगरी कोषाध्यक्षमा रजना बुढा निर्वाचित हुनुभएको छ
सदस्यहरुमा नेत्रबहादुर शाही, नन्दराज धिताल, यज्ञबहादुर बुढ्थापा, कमला बुढा चयन हुनु भएको छ । जिल्ला सदरमुकाममा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नव निर्वाचित अध्यक्ष रामकृष्ण न्यौपानेले संस्था र अग्रजहरुले देखाएको बाटो र अपांगता सवाललाई प्रथामिकता दिने प्रतिवद्धता जनाउनुभयो ।

पुनस्र्थापना केन्द्रको अधिवेशनको उद्धाटन जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले गर्नु भएको थियो ।

अपांग पुनस्र्थापना केन्द्र जुम्लामा लामो समय देखी अपांगता क्षेत्रमा कार्यरत संस्था हो । संस्थाले राज्य र सरोकारवाला निकाय सँग मिलेर जनचेतना, क्षमता अभिबृद्धि, आयआर्जन, नितिगत पैरवि गर्दै आएको छ । केन्द्रले नेपाली अपांगता भएका भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालमा पनि प्रतिनिधित्व गरि सकेको छ ।

संस्थाले जिल्लाभर आफ्नो समुह तथा संजाल समेत विस्तार गरको छ । पुनस्थापना केन्द्रको चुनावी साधारणसभामा जिल्लाभरका समुहका सदस्य, प्रतिनिधि र साधारणसदस्यहरुको उपस्थिति भएका संस्थाले जनकारी गरेको छ ।

संघीयताको मोडलमा विधान लैजाने :
पुनस्थापना केन्द्रको विधानलाई संघीयताको मोडलमा लैजानले साधरणसभामा प्रस्ताव अगाडि सारिएको छ । यसका लागि जिल्लाका सवै तहमा समूह पुर्नगठन गर्ने, ति समूलाई दर्ता गराउने र हरेक स्थानीय तहका पाँच जना प्रतिनिधि साधारणसदस्य भएर आउने व्यवस्थालाई समेत अगाडि बढाईने भएको छ ।

 

प्रतिकृया दिनुहोस्