OnlinePana

आज : २०८१ फागुन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ११, २०७९
३२३ पटक

११ साउन २०७९, बुधबार

काठमाडौंदेखि सुर्खेत आउँदै गरेको ना.७.ख. ५८११ नम्बरको बसमा ढुंगा खस्दा एक किशोरीको मृत्यु भएको छ ।

आज दिउँसो १ः०० बजे भेरीगंगा नगरपालिका २ सुर्खेत भेरीपुल नजिककै पैसठ्ठीमा भिर माथिबाट ढुंगा खस्दा भगवतीमाई गाउँपालिका २ दैलेखका १७ वर्षीय किशोरी पार्वती शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । मंगलबार बेलुका काठमाडौंबाट सुर्खेतको वीरेन्द्रनगरका लागि छुटेको उक्त बसमाथि ढुंगा खस्दा घाइते किशोरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सडक माथिबाट खसेको ढुंगा बसभित्र पुग्दा वीरेन्द्रनगर ६ सुर्खेत का ४५ वर्षीय राजकुमारी सुनार घाइते भएको र उहाँको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । मृतक शाही र घाइते सुनार चालकको पछाडिको सिटमा बसेको उक्त गाडीमा उक्त ३१ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका चालक २९ वर्षीय नमबहादुर रोकायलाई नियन्त्रणमा लिईएको छ

प्रतिकृया दिनुहोस्