OnlinePana

आज : २०८१ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बिजकली महतारा साउन ११, २०७९जुम्ला
६२७ पटक

११ साउन २०७९ वुधवार,

अपाङ्ग पुनस्थापना तथा विकास केन्द्रको छैटो चुनावी अधिवेशन शुरु भएको छ । जिल्ला सदरमुकाममा पुनस्र्थापना केन्द्रको अधिवेशन शुरु भएको हो ।

अधिवेशनको उद्धाटन जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले गर्नु भएको थियो ।
उद्धाटन कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख थकालीले अपांगता क्षेत्रमा गर्नुपर्ने काममा कुनै कसुर नहुने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले दुर्घटना वा प्राकृतिक रुपमा होस अपांगता भएका व्यक्तिको अधिकार, रोजगारी, पुनस्थापना र सचेतनाका कार्यक्रममा स्थानीय तहलाई प्रथामिकतामा जोड दिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिजय कुमारी प्रसाईले राज्यले वनाएको कानूनको स्थानीय तहमा सचेतान दिने, सो अनुसारका कामहरु गर्न अधिकारकर्मीको भूमिका महत्वपूर्ण भएकाले गाउँमै गएर स्थानीय तहको सहकार्यमा काम गर्न जोड दिनुभयो । उहाँले अहिले स्थानीय तहको अधिकार धेरै भएको हुदा स्थानीय तहलाई बढि जिम्मेवार बनाउन आवश्यक रहेको भन्दै स्थानीय प्रशासनको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष तथा पुनस्र्थापना केन्द्रका पूर्व अध्यक्ष नेत्रबहादुर शाहीले अपांगता सवालमा संघीय सरकारले जसरी निति बनाएको छ । सो अनुसारको कार्यान्वयन तथा स्थानीय तहमा क्षमता अभिबृद्धि, सचेतना तथा प्रवर्धनका कार्यक्रमहरुको बढ्वा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले लक्षित बर्गका कार्यक्रमहरुमा जोड दिएमा सामाजिक विकास बृद्धि हुनेमा जोड दिनुभयो ।
पुनस्र्थापना केन्द्रका अध्यक्ष नन्दराज धितालले लामो समय

मा अपाङ्गता सवालमा संघर्ष गर्दै आएको संस्था र कार्यसमिति, अपांगता भएका व्यक्तिहरु अभियानकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले जुम्लामा करिब छ हजार अपांगता भएका व्यक्ति भएकाले अपांगता भएका व्यक्तिहरुलाई चुनावमा मात्र सम्झिने कामको अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । केन्द्रका पूर्वध्यक्ष यज्ञबहादुर बुढ्थापाले सस्थाको जन्म कठिन अवस्थामा भएपनि अहिले हेर्दा निकै राम्रो हुदै आएकोमा जोड दिनुभयो । उपाध्यक्ष कमला बुढाले अझै अपांगता भएका महिलाहरुको अवस्था दर्दनाक भएको भन्दै सचेतना, आयआर्जनका काममा जोड दिनुभयो ।

पुनस्थापना केन्द्रको चुनावीसाधारण सभामा जिल्लाभरका समुहका सदस्य, प्रतिनिधि र साधारणसदस्यहरुको उपस्थिति भएको र वन्दशत्र शुरु भएको महासचिव रामकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्