OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ९, २०७९सुर्खेत
४४७ पटक

९ साउन २०७९, सोमबार

कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको २७औं बैठकबाट दुईवटा विधेयक सर्वसम्मतिले पारित गरिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकले ‘मुख्यन्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीलाई दुईवटै विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव पेश गर्नु अनुमति दिएसँगै बैठकले विधेयक पारित गरेको थियो । उक्त बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सहिद स्मृति भत्ता र घाईते तथा अपांगता भएका व्यक्तिहरुको जीवन निर्वाह भत्ता दिने गरी काम अगाडि बढाएको बताउनुभयो ।

त्यसैगरी, निवर्तमान मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दल नेता महेन्द्रबहादुर शाही र नेकपा एमाले कर्णाली प्रदेशसभा दल नेता यामलाल कँडेलले बैठकमा आफ्ना धारणा राख्नुभयो । सभाको अर्को बैठक यही साउन १६ गते दिउसो ३ः०० बजे बस्ने जानकारी सभामुख शाहीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्