OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ९, २०७९काठमाडौं
५५३ पटक

९ साउन २०७९, सोमबार

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजय हुनुभएको छ । यही साउन ६ र ७ गते हेटौडामा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट लम्साल अध्यक्षमा विजयी हुनुभएको हो ।

लम्सालले ७४५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत ल्याउँदा अर्का प्रतिद्वन्द्वी भुवन भट्टले १९ मत मात्र प्राप्त गर्नुभएको थियो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेम केसीले ६८५ मत पाएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी सरोज अधिकारीले ६६५ मत ल्याएर पराजित हुनुभएको छ ।

खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा विजयी हुनुभएको छ । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दिपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेशबाट अनिल कर्ण, वागमतीबाट डा.मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौं उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा विजयी हुनुभएको छ ।

यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी, समावेशी उपमहासचिवमा अभयकुमार राई विजयी हुनुभएको छ ।

खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्मा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेशी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस÷आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा माधव धिताल विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्