OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ८, २०७९जुम्ला,
४१८ पटक

जुम्ला , ८ साउन
जुम्ला : कर्णालीकै लामो तथा ठूलो जात्राकाे तयारी पुरा भएको छ । वि.सं १९५५ मा विषेशगरि नेवार समुदायले जुम्लामा सूरु गरेको जात्रा कोरोनाका कारण दुई बर्ष हुन नसकेको तर यस पटक गरिने भएको पत्रकार भेटघाट मार्फत जानकारी गरिएको छ ।

नेवार समुदायको प्रमुख पर्वको रुपमा रहेको जात्रा जुम्लामा बसोबास गर्ने नेवार समुदायका कृष्णमान श्रेष्ठ र पूर्णमान श्रेष्ठको पहलमा तत्कालिन वडाहाकिमद्धारा सूरु गरिएको थियाे । याे जात्रा अहिले जुम्लाबासीको ठुलो जात्राको रुपमा रहेको छ ।

नेवार समुदायको प्रमुख पर्व भएपनि पछिल्लो समय जात्रा प्रतिको मोह जुम्लीहरुमा बढ्दै गएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले पत्रकार भेटघाटमा यहि साउन १० गतेबाट बिधिवरुपमा  जात्रा सूरु गरिने भएको बताउनुभयो ।

नेवार समुदायसँग आधारित मानिने जात्रामा पछिल्लो समय ब्राह्मण, क्षेत्री, बौद्ध, धर्मालम्बी र दलित समुदायको पनि अर्थपूर्ण सहभागिता हुन थालेको छ । समग्र कर्णालीको ऐतिहासिकता झल्काउने अवसरको रुपमा जात्रालाई ब्यवस्थित रुपमा संञ्चालन गर्नका लागी सबैको साथसहयोग आबश्यक रहेको आयोजकले बताएको छ ।

यसपटक जात्रा संचालनका लागि रमेश श्रेष्ठको अध्यक्षतामा २९ जनाको समिति बनाइएको छ । यसैगरी सल्लाहकार संयोजकमा अशोक श्रेष्ठ, संरक्षक संयोजकमा चित्रलाल श्रेष्ठ, सिंगारमा पूर्ण प्रसाद श्रेष्ठ र आर्थिक संयोजकमा उत्तमलाल श्रेष्ठ हुनु भएको समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले जानकारी दिनुभयो ।

समितिका अनुसार जात्रामा झण्डै सात देखी आठ लाख खर्च लाग्ने अनुमान गरिएको छ । यसको लागी जुम्लाका सबै स्थानीयतहमा आबश्यक पहल भइरहेको कोषाध्यक्ष कार्कीले बताउनुभयो । कर्णालीमा मनाइने गाईजात्राको ऐतिहासिक महत्व छ । वर्षको एक पटक आउने जुम्लाको जात्रा हेर्न बाहिर जिल्लाबाट हजारौं आउँछन् विभिन्न जात्रामा देखाईने प्रस्तुतिले साना बालबालिकादेखि सबैको मन तान्न सफल भएको पाइन्छ । गाइजात्रा, रोपाई जात्रा, पल्टन जात्रा ,मिम वास्सा, फौजी व्यारेक, साधु सन्त लगायतका विभिन्न प्रकारका नाचहरु हास्यव्यंग्यका प्रस्तुत देखाइने गरिन्छ ।

 

प्रतिकृया दिनुहोस्