OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ८, २०७९सुर्खेत
३०५ पटक

८ साउन २०७९, आइतबार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन पूर्णरुपले असफल भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता सञ्चालनका सबै प्रक्रियादेखि स्थानीय तहको निर्वाचनसम्म सत्ता गठबन्धन पूर्णतः असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको चुनावलाई हेर्दा नेकपा एमालेले ३४ प्रतिशत मत ल्याएको छ भने गठबन्धनको ठूलो दल नेपाली काँग्रेसले ३३ प्रतिशत मत प्राप्त गरेको छ ।”

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले १२ र नेकपा (एकीकृत समाजवादी)ले चार प्रतिशत मात्र मत ल्याउँदा एमालेको जनआधार बलियो छ भन्ने प्रष्टिएको उहाँले जनाउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, “सरकार जताततै असफल नै छ । राष्ट्रिय हित, स्वाभिमान, आर्थिक अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ भने सुशासनका प्रश्नमा पनि सरकार असफल देखिएको छ । स्वार्थ पूर्तिका लागि खुलेआम सत्ताको दुरुपयोग गर्ने प्रवृति बढेको छ ।

एमालेले राष्ट्रलाई सबल अवस्थामा छोड्दा सोधानान्तर स्थिति बचतमा रहेकोमा अहिले करिब तीन खर्ब घाटामा पुर्याईएको उहाँले औंल्याउनुभयो । उहाँका अनुसार आफू सत्तामा रहँदा विदेशी मुद्राको सञ्चिति ११ महिनामा वस्तु र सेवा आयात गर्ने अवस्था थियो । अहिले घटेर छ महिनामा झरेको छ । बिगतमा मूल्य वृद्धिदर ४ प्रतिशत तल भएकोमा यो गठबन्धनको सरकारको पालामा बढेर ८ प्रतिशत पुगेको छ ।

विकास निर्माणका काम ठप्प रहेको जनाउँदै पूँजीगत खर्च ईतिहासकै सबैभन्दा कमजोर रहेको उहाँको भनाई थियो । पराराष्ट्र नीतिको मामिलामा नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको पञ्चशीलको सिद्धान्तलाई यो सरकारले उपेक्षा गर्दै आएको र सो नीतिलाई असन्तुलन बनाउने काम सरकारले गरेको जनाउनुभएका उहाँले एसपीपी सम्झौतामा सरकारले षड्यन्त्र गरिरहेको जिकिर गर्नुभयो ।

महासचिव पोखरेलले नेपालको सत्तारुढ दलका नेताहरु गठबन्धन र प्रधानमन्त्रीका लागि विदेश जान थालेको विषय बाहिर आएको टिप्पणी गर्दै बजेट निर्माणका सन्दर्भमा अत्यन्तै संवेदनशील मानिने राजश्वका दरहरुको निर्धारणको प्रश्नमा अवाञ्चित व्यक्तिहरुको सहभागिता र सेटिङमा त्यसको दरहरुको निर्माण गरी अनुचित लाभ लिने काम गरेको विषयमा अर्थमन्त्रीले राजीनामा दिनुपरेको बताउनुभयो । मुलुकको अर्थतन्त्र आर्थिक संकटमा फसेको उहाँको भनाई थियो ।

सरकारले सेनिटरी प्याडमा आयातमा लाग्दै आएको राजश्वमा ९० प्रतिशत कटौती गरेर महिलामाथि न्याय गरेको सन्देश दिएजस्तो गरेपनि नेपालमा डेढ दर्जन जतिको उद्योगहरुको कच्चा पदार्थको दर बढाएको उहाँले खुलासा गर्नुभयो । यो तयारी माल आयात गर्ने एक मात्र कम्पनीका मुख्य मालिक प्रधानमन्त्री छोरा रहेछन् भन्ने बाहिर आएको समेत उहाँले दोषारोपण गर्नुभयो ।

बजारमा पैसाको अभाव भएको, आर्थिक क्रियाकलाप हुन नसकेको, उत्पादनमूलक उद्योगलाई धरासयी बनाइएको र व्यापारिक पूँजीवादीहरुको हिमायतिका रुपमा सरकार देखा परेको आरोप लगाउँदै उहाँले यो सरकारबाट राष्ट्रको न सुधार नत उँभो लगाउनेमा आशा गर्ने सकिने तर्क गर्नुभयो ।

नागरिक विधेयक द्रुत मार्गबाट पारित सरकारीको नालायकीपन भएको उहाँको भनाई थियो । जतिसक्दो निर्वाचनका माध्यमबाट यो गठबन्धनलाई पराजित गर्नु र मुलुकमा बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक स्थायित्वतर्फ मुलुकलाई डोर्याउन जरुरी रहेको जनाउँदै त्यसमा एमाले सक्षम भएको महासचिव पोखरेलले दावी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्