OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ७, २०७९
४१८ पटक

७ साउन २०७९, शनिबार

विवेकशील साझा पार्टीका कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

नेकपा एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमका क्रममा दाहाल एमालेमा प्रवेश गर्नुभएको हो । उहाँले एमाले महासचिव शंकर पोखरेलले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

विवेकशील साझाका तत्कालिन केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले ‘विचार मन्दा माथि देश’ नामक राजनीतिक प्रतिवेदन आएपछि त्यसको विपक्षमा उभिनुभएका उहाँलाईअध्यक्ष मिश्रले कर्णाली प्रदेश संयोजकको जिम्मेवारीबाट हटाउनुभएको थियो । दाहाल विवेकशील साझाको कार्यसम्पादन समितिका सदस्य हुनुहुन्थ्यो र त्यसबाट पनि उहाँलाई निष्कासन गरिएको थियो ।

नवप्रवेशी दाहालले भने देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि प्राप्त उपलब्धिको रक्षा गर्न विवेकशील साझा पार्टीले नसक्ने ठहर गर्दै एमालेमा प्रवेश गरेको बताउनुभयो । विसं. २०७४ मा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । पछि उहाँ मिश्रको साझा पार्टीमा लाग्नुभयो । नेपाल जेसिज वर्ष २००५ का राष्ट्रिय अध्यक्षसमेत भइसकेका दाहाल शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा लाग्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस्