OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७९सुर्खेत
४९८ पटक

५ साउन २०७९, बिहीबार

भेरीगंगा नगरपालिका १० सुर्खेत साततलेस्थित गौरीशंकर सामुदायिक वनमा मानव कंकाल भेटिएको छ ।

आज दिउसो १२ः१५ बजे उक्त मानव कंकाल भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो । उहाँका अनुसार खबर पाएलगतै ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली त्यहाँ पुगेको थियो ।

“तीन÷चार महिना अघिको देखिने मानव कंकाल पुरुषको भएको र छरिएको अवस्थामा भेटिएको थियो,” प्रवक्ता पाण्डेले भन्नुभयो, “जनप्रतिनिधिको रोहवरमा घटनास्थालबाट मुचुल्का गरी कंकाललाई प्रहरीले ल्याएको छ ।” प्रहरीका अनुसार सो घटनाबारे अनुसन्धान भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्