OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७९सुर्खेत
२३७ पटक

५ साउन २०७९, बिहीबार

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिस्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सुचारु हुन सकेको छैन । सत्ता साझेदार दलहरुको सहमति नहुँदा आजपनि बैठक चलेन ।

साउन ३ गते बसेको प्रदेशसभाको दशौं अधिवेशनको २६औं बैठकमा माओवादी केन्द्रले सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठकको सुरुआतमै सत्ता साझेदार दल बैठकबाट बाहिरिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगितको घोषणा गर्नुभएको थियो ।

माओवादी केन्द्रसँगको छलफलपछि मनाएर बैठक सुचारु गर्ने प्रयास सभामुख शाहीले गरेपनि पुनः बैठक चल्न सकेन । उहाँले सभाको बैठक सुचारु गर्न भन्दै बुधबार दिउसो ३ः०० बजे आफ्नो संयोजकत्वमा सर्वदलीय बैठक बसाल्नुभयो । यद्यपि सर्वदलीय बैठक विना निष्कर्ष टुंगियो ।

“यो समस्या खासगरी सत्ता साझेदार दलभित्रको हो । प्रतिपक्षसँगको होइन,” सभामुख शाहीले भन्नुभयो, “उहाँहरु आफै बसेर यसलाई सल्टाए हुन्छ । यसका लागि खासै सर्वदलीय बैठक बस्नुपर्ने अवस्था थिएन । तर केही वातावरण बनोस भनेर मैले बैठकको आह्वान गरेको हुँ । आशा गरौं सत्तारुढ दलभित्र सल्लाह भएर सदन सुचारु होला ।”

बुधबार बिहान माओवादी संसदीय दलको बैठकले दल नेता महेन्द्रबहादुर शाहीलाइ वार्ता तथा सहमतिको पहल गर्ने जिम्मेवारी दिएको थियो । सर्वदलीय बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाही र सदनले माओवादीले उठान गरेका मुद्दालाई हलुका ढंगले छलफल गर्न खोजेको आरोप लगाउँदै दल नेता शाही बाहिरिनुभएको थियो ।

यदि माओवादीले उठाएको सवाल तथा विषयमा सरकार र सदनले गम्भीरताका साथ ध्यान नदिए सभाको बैठक र संसदीय समितिमा उपस्थित नहुने नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिनुभएको छ ।

 

प्रतिकृया दिनुहोस्