OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ५, २०७९जुम्ला
५०१ पटक

२०७९ साउन ५ गते, 

कर्णाली प्राविधिक शिक्षालयको ४२ औ बार्षिक उत्सव मनाईएको छ । कर्णालीकै दक्षजनशक्तिको आधारशिला रहेको प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो ।

बार्षिक उत्सवको अवसरमा शिक्षालयको सारंशमा प्रगति सुनाईएको छ । शिक्षालय प्रमुख टेकेन्द्र थापाले प्राविधिक शिक्षालयले
शिक्षालयले आफ्नो सभाहलमा मनाएको बार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थी सदनलाई प्रमाणपत्र तथा मेडलले सम्मान समेत गरेको छ ।

समारोहमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, नेपाली सेना नं २४ का वाहिनीपति राजेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई, नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही, उद्योग बाणिज्य संघका अध्यक्ष पुरिचन्द्र देवकोटा सहित सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षालयको शैक्षिक तथा पूर्वाधार विकासका लागि साँझा पहल जरुरी रहेको बताउनुभयो । उहाँले कर्णाली प्राविधिक शिक्षालय साझा सम्पति भएकाले आ–आफ्नो तर्फबाट सहयोग निरन्तर आवश्यक रहेकोमा जोड दिनुभयो ।

दक्ष जनशक्ति उत्पादन गर्ने थलोलाई राजनीतिकरण गर्न नहुनेमा उहाँको जोड छ । शिक्षामा गुणस्तर, पूर्वाधार विकासमा जोड र टिकाउ विकाउ सिकाउ हुने खालको शिक्षा प्रदानमा सुझाब दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले कर्णालीका निम्न मध्यम वर्गिय विद्यार्थीका लागि प्राविधिक शिक्षा आर्जन सहज माध्यम शिक्षालय बनेको बताउनुभयो । बजेट अभावले स्तरबृद्धि हुन नसकेका संरचना अघि बढाउन,शिक्षामा गुणस्तर ल्याउन तथा शान्ति सुरक्षा कायम गर्न प्रशासनले आबश्यक पहल गर्ने उहाँको भनाई छ । शिक्षामा गुणस्तर संगै विद्यार्थीमा अनुसशासन पालानामा जोड दिनुभयो ।
शिक्षालय प्रमुख टेकेन्द्र थापाले गत आवमा शिक्षालयमा विनियोजित ५४ लाख ७५ हजार बजेट मध्य ९४ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । उहाँका अनुसार चालु तर्फ विनियोजित रु ७ करोड ४७ लाख ८० हजार ५ करोड ५८ लाख ५६ हजार ८ सय ६२ रुपैया खर्च भएको छ । शिक्षालयमा एचए र स्टाप नर्सको पढाईको उच्च माग भएपनि संघिय सरकार र कर्णाली प्रतिष्ठानले अनुमति नदिएको समेत शिक्षालय प्रमुख थापाले घोषणा गर्नुभयो ।

शिक्षालय प्रमुख थापाका अनुसार शिक्षालयमा हाल ५७२ जना विद्यार्थी अध्ययनरत रहेका र डिप्लोमा ६ वटा बिषय र टिएसएलसिमा २ वटा बिषय अध्ययन भईरहेका छन् । डिप्लोमा निर्माण, सिभिल ईन्जिनियर, कृषि, फरेष्टि, फरेष्टि विशेष छात्रबृत्ति बिषय अध्ययन भईरहेको छ । यसैगरी प्रि जेटिए तथा प्रि सिभिल ईन्जिनियर सहितको बिषय अध्ययन भईरहेकोमा जोड दिनुभयो ।

हिमा अध्यक्षले २ लाख दिने घोषणा :
बािषर््ाक उत्सवको अवसरमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले आफ्नो भाई सुरेन्द्र शाहीको स्मृतिमा अक्षयकोष स्थापना गर्न व्यक्तिगत रु दुई लाख रुपैया दिने घोषणा गर्नुभयो । कर्णाली प्राविधिक शिक्षालयमा अध्यायनरत विद्यार्थीका लागि स्वर्गीय भाई सुरेन्द्रको स्मृतिमा शिक्षाको बृद्धि विकासका लागि अक्षयकोष स्थापना गर्न २ लाख दिने घोषणा गरेको जानकारी दिनुभयो ।

शिक्षालयको वार्षिक उत्सवमा मन्तव्य राख्दै अध्यक्ष शाहीले अक्षयकोषले शिक्षाको शैक्षिक उन्नयनमा थोरै भएपनि टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै हिमा गाउँपालिकाले शिक्षालयको विकासका लागि रु पाँच लाख दिने समेत घोषणा समेत गर्नुभयो । कर्णाली प्रविधिक शिक्षालयको स्थापना २०३७ सालमा स्थापना भएको मुलुककै जेठो प्राविधिक शिक्षालय हो ।

प्रतिकृया दिनुहोस्