OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ४, २०७९सुर्खेत
३२२ पटक

 ४ साउन २०७९, बुधबार

कर्णाली प्रदेशभाका सभामुख राजबहादुर शाहीको संयोजकत्वमा आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभामा सदन र सरकारको काम कारवाही असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेको थियो । सत्ता गठबन्धनको प्रमुख पार्टी माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले विभिन्न माग राखेर सदनमा नबस्ने भन्दै बाहिरिएका थिए ।

माओवादी बाहिरिएपछि सहमति जुटाउन सभामुख शाहीले आधा घण्टाका लागि बैठक स्थगित भएको भएको घोषणा गर्नुभयो । तर छलफलबाट सहमति जुट्न नसकेपछि सदन पुनः सुचारु हुन सकेन । सदन सुचारुका लागि सभामुख शाहीले दिउसो ३ः०० बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । जस अनुसार बैठक पनि बस्यो तर उक्त बैठकमा सबै दलका प्रमुख नेताहरु बसेपनि त्यसले निष्कर्ष निकाल्न सकेन । सहमति नै हुन नसकेपछि बैठक सुचारु हुनेमा द्विविधा भएको छ ।

“यो समस्या खासगरी सत्ता साझेदार दलभित्रको हो । प्रतिपक्षसँगको होइन,” उहाँले भन्नुभयो, “उहाँहरु आफै बसेर यसलाई सल्टाए हुन्छ । यसका लागि खासै सर्वदलीय बैठक बस्नुपर्ने अवस्था थिएन । आशा गरौं सत्तारुढ दलभित्र सल्लाह भएर सदन सुचारु होला ।”

आज बिहान माओवादी सांसदीय दलको बैठकले दल नेता महेन्द्रबहादुर शाहीलाइ वार्ता तथा सहमतिको पहल गर्ने जिम्मेवारी दिएको थियो । सर्वदलीय बैठकमा खासगरी मुख्यमन्त्री जीवनबहादुर शाही र सदनले माओवादीले उठान गरेका मुद्दालाई हलुका ढंगले छलफल गर्न खोजेपछि निवर्तमान मुख्यमन्त्री शाही बाहिरिनुभएको थियो । यदि माओवादीले उठाएको सवाल तथा विषयमा सरकार र सदनले गम्भीरताका साथ ध्यान नदिए सदनमा उपस्थित नहुने नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिनुभयो ।

सरकार हाम्रा मुद्दामा आनाकानी गरेर एकलौटी ढंगबाट चल्न खोजेको छ,” सचेतक शाहले भन्नुभयो, “यो माओवादीका लागि सह्य हुँदैन । समन्वय, सहकार्य र सहअस्तित्वबाट सरकार चल्नुपर्छ र यसमा सरकार जिम्मेवार बन्नैपर्छ ।

बैठकमा नेकपा एमालेको तर्फबाट यमलाल कँडेल, मुख्यमन्त्री जीवनबहादुर शाही , नेकपा (एकीकृत समाजवादी) चन्द्रबहादुर शाही र राप्रपाका सोशिला शाही बैठकमा सहभागी हुनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्