OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०७९ जुम्ला,
४१३ पटक

 

साउन १ गते ।  जुम्लाको चन्दननाथ नगरपालिका – ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको घर गएराती पहिरो आएपछि भत्किएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वडाका कृष्णबहादुर रावलको चारकोठे घर पहिरोले भत्काएको हो ।

घरमा केही बस्ने नभएकोले मानवीय क्षति नभएको प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार घटना मुचुल्का भएको छ । क्षतिको एकिन गरी जिल्ला विपद् समितिलाई जानकारी गराईने भएको छ ।

घरमा केही पनि बस्ने गरेका थिएनौँ घर मालिक कृष्णबहादुर रावलले भने घरसहित व्यापारको सामग्री क्षति भएको छ । दिउसो घटना भएको भए समस्या हुने रहेछ तर राती पहिरो आएपछि भर भत्कियो । तर मानवीय क्षति हुनबाट जोगिएको छ ।

 

प्रतिकृया दिनुहोस्