OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३१, २०७९सुर्खेत
३७३ पटक

३१ असार २०७९, शुक्रबार

‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको २५औं बैठकमा उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो । सभामुख राजबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलाई उक्त विधेयक समग्रमा पारितका लागि सभामा प्रस्ताव गर्न समय दिनुभयो ।

मन्त्री शाहीले उक्त विधेयक सभामा प्रस्ताव गरेसँगै ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको थियो । सभामुख शाहीले उक्त विधेयकको नाम र प्रस्तावना पढेर सुनाउनुभयो ।

कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई पहिलो संशोधन गर्न वाञ्छनीय भएको कर्णाली प्रदेशसभाले यो ऐन बनाएको उहाँले जनाउनुभयो । सभामुख शाहीले उक्त विधेयकको प्रास्तवना र नाम सभामा निणयार्थ प्रस्तुत गरेसँगै सर्वसम्मतिले पारित भएको थियो ।

 

प्रतिकृया दिनुहोस्