OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ ३१, २०७९जुम्ला,
२८८ पटक

असार ३१ गते । जुम्लामा विधुतको पावर हाउस पुरिदा आमा सहित ३ जनाको मृत्यू भएको छ ।
प्रहरी चौकी हिमा १ बड्कीका अनुसार जुम्ला हिमा गाउँपालिका १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविधुतको पावर हाउस पहिरोले पुरिदा विधुतका अपरेटर गोरखबहादुर रावतका श्रीमति र दुई छोरोको मृत्यू भएको हो । रावतका ३० बर्षिय श्रीमति विमला रावत, ९ बर्षिय छोरा भरत रावत र ८ बर्षका सूर्य रावतको मृत्यू भएको छ ।

प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाईका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएर पहिरो आई घटना भएछ । प्रहरीलाई मध्यरात दुईबजे खबर आएपछि त्यहाँ पुगेर उद्धार गरेका छौ ।

उहाँका अनुसार अपरेटर गोरख रावत गाउँमा रहेका र उनकी श्रीमति र दुई छोरा पावर हाउसमा सुतेका रहेछन् । गाउँमा बत्ति जादा गोरखबहादुर रावत पावर हाउस पुगेपछि त्यो अवस्था देखेपछि कराउदै फेरी गाउँ फर्केको जानकारी दिनुभयो ।

घटना स्थल हिमा गाउँपालिका १ नाग्म गमगडि राजमार्गमै जोडिएको आचार्यलिहीबाट करिब आधा घण्टा खोला भित्र पावर हाउस रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्यरातदेखी प्रहरी घटना स्थलमा छ । त्यहाँ गाउँपालिकाको टोली समेत पुगेको छ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले घटना स्थलमा गाउँपालिकाको टोली समेत पुगेको र आवश्यक उद्धार देखी गाउँपालिकाले गर्ने काममा सहयोग गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्