OnlinePana

आज : २०८३ साउन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३०, २०७९सुर्खेत
४६४ पटक

३० असार २०७९, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँको आर्थिक विकासमा नीजि क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहीले आज सुर्खेतमा ‘गोरेटो बार रेस्टुरेन्ट तथा लाईभ म्युजिक बार’को उद्घाटन गर्दै कर्णालीको आर्थिक विकासका लागि गोरेटोले सहि गोरेटो पहिल्याउन सहयोग पुग्ने बताउनुभयो । विभिन्न उद्देश्यले कर्णाली पुग्ने पर्यटकहरुका लागि आरामदायी होटेल नभएको प्रतिक्रिया दिँदै उहाँले यसको थालनीले महत्वपूर्ण भूमिका खेल्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ राम्रो होटल छैन भनेर अहिले पनि कर्णाली आउनेले गुनासो गर्ने गर्दछन् । आरामदायी स्थान छैन भन्छन् । अब यो गुनासो गोरेटोले कम गर्ने छ ।’ उक्त बार राजनितीज्ञ, युवा अभियान्ता, कलाकार तथा खेलाडी हरि बिष्ट र पत्रकार ज्योति कटुवालले सयुक्तरुपमा सञ्चालनमा ल्याउनुभएको हो ।

बारको उद्घाटन समारोह बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनसम्म चल्नेछ । करिब चार करोडको लगानीमा सञ्चालित बारमा जुम्बा, टिपिकल डान्स, फुटसल, फेसिएल लगायतका सेवा सुविधा रहेको छ । सञ्चालक विष्टले गोरेटो कर्णाली प्रदेशका नागरिकको लागि साच्चै मौलिक गोरेटो बनाउने र कला, संस्कृति र सम्पदाको सारथी बनेर अगाडि बढ्ने जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्