OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २८, २०७९सुर्खेत
२६९ पटक

२८ असार २०७९, मंगलबार

ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको दिन साउन १ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । उक्त दिन आर्थिक ०७९०८० को प्रारम्भको दिन पनि हो ।

‘साउने संक्रान्ति र देउडा पर्व’को दिनलाई विशेष महत्व दिएर प्रदेश सरकारले उक्त दिन कर्णालीका प्रदेशभर सार्वजनिक विदा दिएको हो । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले आज एक सूचना जारी गर्दै साउन १ गते आइतबार कर्णालीका दशवटै जिल्लामा सार्वजनिक विदा दिईएको जानकारी दिनुभयो ।

“विसं.२०७८ चैत्र २९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकलेको निर्णय अनुसार ‘साउने संक्रान्ति र देउडा पर्व’का अवसरमा साउन १ गते सार्वजनिक विदा दिइएको हो,” उहाँले भन्नुभयो, “त्यस दिन प्रदेशस्थित सबै सरकारी र तथा सार्वजनिक संघ÷संस्थाहरुमा विदा हुनेछ । बिगत दुई वर्षदेखि कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक विदा दिदै आएको छ ।

प्रतिकृया दिनुहोस्