OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २८, २०७९सुर्खेत
४०० पटक

२८ असार २०७९, मंगलबार

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च दिएर सहयोग गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्ष २०७८÷०७९ मा ११० जना क्यान्सर पीडितलाई रु.१० हजारका दरले रु.११ लाख यातायात खर्च उपलब्ध गराएको हो ।

सुर्खेतमा क्यान्सरको उपचार नहुने र त्यसको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका क्यान्सर पीडितहरुलाई थोरै भएपनि सहयोग पुगोस् उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।

“क्यान्सर पीडितलाई एकपटक रकम दिने गरेका छौं,” उहाँले भन्नुभयो, “आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितहरुलाई भने दोहो¥याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।” त्यस्तै, दोहरिएर आएका क्षयरोगका बिरामीहरुलाई दिएको पोषण तथा यातायात खर्चअन्तरगत प्रतिव्यक्ति मासिक रु.५०० दरले छ महिनाको रु.तीन हजारका दरले दुई लाख रकम भुक्तानी भएको कार्यालय प्रमुख गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमडीआर टि.बि. भएका बिरामीलाई चालु आर्थिक वर्षमा प्रति महिना रु.तीन हजारका दरले रु.चार लाख रकम भुक्तानी भएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउँदा छ महिलाहरुलाई रु.५१ हजार प्रदान उपलब्ध गरेका छौं ।

त्यसैगरी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्मानजनक विदाईका निम्ति रु.दुई लाख ८० हजार खर्च भएको छ । चालु आव.२०७८÷०७९ मा प्राप्त रु.१२ करोड बजेटमा ९५ प्रतिशत भौतिक र ८५ प्रत्ति वित्तिय प्रगति भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्