OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०७९सुर्खेत
७३४ पटक

२६ असार २०७९, आइतबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताउनुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले मुस्लिम समुदायको महान् पर्व बकर इद (इद उल अज्हा) को अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

जारी सन्देशमा उहाँले भन्नुभएको छ, “बकर इद मुस्लिम समुदायको मौलिक पर्व हो । यसलाई आपसी रिस, राग र द्वेषभावलाई बिर्सेर एक आपसमा खुशी, सद्भाव र शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति र समुदायको संस्कृति र परम्पराको संरक्षण भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुन्छ ।”

हाम्रो विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना अँझ बलियो बनाउन भन्ने सन्देश बकर इदले दिने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख परियारले सहिष्णु र सभ्य समाज निर्माण गर्न यसले सबै नेपालीलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्