OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०७९जुम्ला,
३८१ पटक

जुम्ला : खेलको माध्यमबाट महिला सशक्तिकरण बढाउन जुम्लामा राष्ट्रपति खेलकुद महिला सहभागीता अभिबृद्धि कार्यक्रम गरिएको छ ।
खेलको माध्यमबाट महिला सशक्तिकरणमा जोड दिने राष्ट्रिय खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिले विद्यालय स्तरीय विद्यार्थीहरुको सहभागितामा खेल प्रतियोगिता रहेको छ ।

महिला सशक्तिकरण हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम बिकल्प भन्ने मुल नारा रहेको छ । हेर्दा सामान्य लागे पनि यसको सन्देश भने निकै अर्थपूर्ण छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी महिलाले पाएका छन् । तर असारे बिकास सँग जोडिएको यो कार्यक्रम ग्रामिण बस्तीका बिद्यालय स्तरमा भने पुग्न सकेको छैन ।

खेलकुद बिकास समितिका कार्यालय प्रमुख बरम बहादुर महतले भने, यो कार्यक्रममा मुख्य उद्देश्य खेल क्षेत्रमा महिलाको क्षामता बढाएर महिलालाई निर्णायक बनाउन खोजिएको हो । उनले भने, खलेकुदमा महिला सहभागिता बढाउन आबश्यक छ । उनका अनुसार एक सय ५० जना महिला खेलाडी सहभागीता गराउने लक्ष्य हो । तर मौसमले साथ नदिएका कारण टाढाका महिला सहभागी हुन पाएका छैनन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले महिला सहभागिताको अर्थ पुरुषलाई उपेक्षा नभई महिला भएका कारण धेरै क्षेत्रबाट हेपिएका छन । प्रतियोगिता आयोजनामा महिलालाई पुरुषले पनि उतिकै साथ दिन आबश्यक छ । महिलाहरु पनि हरेक काम गर्न सक्छन् भन्ने उद्देश्यका साथ खेल क्षेत्रमा जोड दिन आवश्यक रहेको छ ।

एन्फाका केन्द्रीय सदस्य भरतबहादुर बुढ्थापाले प्रतियोगिता मार्फत महिला सशक्तिकरणको सन्देश दिनु आफैंमा उदाहरणीय हो । एक त जुम्लाको परिपेक्षमा सबै क्षेत्रमा महिला पछाडी छन । उनले, महिला खेलाडीमा पनि आम खेल प्रतिको रुची जाग्नु पर्छ अवस्य सफल हुने छन ।

 

प्रतिकृया दिनुहोस्