OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २३, २०७९सुर्खेत
२९९ पटक

२३ असार २०७९, बिहीबार

कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउसो १ः०० बजेका लागि तोकिएको थियो ।

कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरुका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहमतिको नजिक नपुग्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो । सचिव बुढाथोकीले आजै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

“प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दलबीचको सहमतिको मस्यौदा बनेको छ,” उहाँले भन्नुभयो, “तथापि सहमतिको मस्यौदाले भोलि मात्र पूर्णता पाउने भएकोले बैठक आजका स्थगित गरिएको हो ।” शुक्रबार बिहान ८ः०० बजे पुनः सर्वदलीय बैठक बसेर र त्यसपछि प्रदेशसभा बैठक दिउसो १ः०० बजे बस्ने गरी तयारी गरिएको सचिव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिपक्षी एमालेले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटको किताब तथ्यपरक ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने माग राख्दै प्रदेशसभाको १८औं बैठकमा अवरोध गरेपछि असार १२ गतेयता बैठक चल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्