असार २३ गते । जुम्लामा चट्याङ् परेर एक यूवाको मृत्यू भएको छ । जिल्लाको तिला गाउँपालिका ९ निवासी ति यूवाको चट्याङले मृत्यू भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीवाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।
मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका तिला ९ निवासी १८ बर्षका प्रेम बुढाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पानी परेपछि रुखको मुनी ओत लिन बुढा बसेका थिए । सोही स्थानमा चट्याङ परेको खबर आएको छ । घटना भएको जानकारी भएपछि मध्यरातनै प्रहरी घटनास्थलमा पुगेको थियो भने अर्को थप जिल्ला प्रहरी कार्यालयको मुद्दाफाटको टोली पनि त्यस स्थानतिर लागेको छ ।
प्रहरी निरीक्षक भट्टले घटनाको बिषयमा अझै बृस्तृत कारण प्रहरी फिर्ता भएपछि हुने जानकारी दिनुभयो । अहिले टेलिफोन नलागेर प्रहरी सँग पनि सम्पर्क हुन सकिरहेको छैन् । स्थानीयका अनुसार रुखमुनी बसेको अवस्थामा मोवाईल समेत क्षेति भएको छ ।