OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २२, २०७९
६७४ पटक

२२ असार २०७९, बिहीबार

कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब भोलि असार २३ गते बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औं प्रदेशसभा बैठक अवरोध गरे यता सदन स्थगित भएको थियो । त्यसपछि सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक पटक बसाउँदा पनि सहमति जुट्न सकेन ।

“प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्याविधि अनुसार लागु गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रको निष्पक्षताको आधार दिनुपर्ने, रु.१५ लाख बजेट भन्दा मुनिका योजना स्थानीय तहमा पठाउनुपर्ने माग सरकारसँग राख्दै आएको छ,” सभामुख शाहीले भन्नुभयो, “ठूलो संकट भनेकै सुदूरपश्चिम प्रदेशका तीन जिल्लालाई बजेटबाट हटाउनु पर्नेछ ।”

सभामुख शाहीले एमालेले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटको किताब तथ्यगतरुपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान कायमै राखेको बताउनुभयो । उहाँका अनुसार भोलि २३ गते बिहान ८ः०० बजे सत्ता गठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरुको निर्णायक बैठकबाट सहमति जुटाएर दिउसो १ः०० बजे सदन चलाउने योजना बनाइएको छ ।

प्रतिकृया दिनुहोस्