OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २०, २०७९सुर्खेत
३७९ पटक

२० असार २०७९, सोमबार

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहले न्याय माग्न मिडियामा आएको बताउनुभएको छ ।

आज सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गरी प्रमुख सचेतक शाहले नेकपा एमाले सल्यान जिल्ला कमिटि सदस्य टिका वलीसँग जोडेर सामाजिक सञ्जालमा सार्वजनिक भिडियोले आफुलाई अन्याय भएको भन्दै न्याय माग्न मिडियामा आएको बताउनुभयो । सम्मेलनमा पत्रकारहरुले त्यो भिडियो कसरी सार्वजनिक भयो भन्ने प्रश्नमा उहाँले त्यो भिडियो पोस्ट भएको आफुलाई थाहा नभएको जवाफ दिनुभयो ।

भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “म एउटा राजनीतिक संगठनमा जोडिएको अगुवा कार्यकर्ता हुँ । जनप्रतिनिधि हुनुको नाताले के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने थाहा छ । टिका वली पनि जिल्ला सदस्य हुन् । यसलाई जोडेर सामाजिक सञ्जालमा टिकटिक भिडियो पोस्ट गरिनु दुरुपयोग गर्नु हो । यो नयाँ पुरानो भन्दा पनि प्रविधिको दुरुपयोग गरिएको टिकटिक भिडियो हो ।”

उहाँका अनुसार भिडियो सुतेको र माया प्रितीको कुरा गरेको बनाइएको छ । तर त्यहाँ भएको व्यक्तिको कुनै इमोसन देखिदैन । सुतेको देखाइएको छ । त्यसमा ठूला ठूला जुँगा जोडिएको छ र टिकटक बनाइरहने मान्छेको कुनै प्रतिक्रिया देखिदैन । उहाँले यो भिडियो अर्कोले गरेको तर आफुसँग जोडेर आएकोले प्रष्टीकरण दिन आएको बताउनुभयो ।

“म यो घटनासँग जोडिए । त्यसो भएर म मिडियामा आएँ,” उहाँले भन्नुभयो, “यहाँ केही राजनीति प्रतिशोध हुनसक्छ तर म कसैलाई लक्षित गरेर आरोप लगाउँदिन । यसो गर्दा झन् अर्को अपराध हुन्छ ।” प्रमुख सचेतक शाहले टिकटक भिडियोमा आफू नभएको आशय व्यक्त गर्नुभयो । उहाँले न्याय प्राप्तिका लागि अगाडि बढ्ने जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्