OnlinePana

आज : २०८१ जेठ ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

छोरा राधाकृष्णको घटना, असार १३ को फैसलामा न्याय मर्यो : रामकृष्ण बुढ्थापा

छानविन समितिको प्रतिवेदनले प्रष्ट पार्छ : रोकाया

कोरपाटी संवाददाताआषाढ १९, २०७९जुम्ला,
१३५२ पटक

जुम्ला चन्दननाथ ३ निवासी राधाकृष्ण बुढ्थापाको घटनाको फैसलाको बिषयमा परिवारले प्रतिक्रिया दिएको छ ।
मृतक राधाकृष्ण बुढ्थापाको बिषयमा परिवारले जिल्ला सदरमुकामको वालमन्दिरमा पत्रकार भेटघाट आयोजना गरेर न्याय मरेको आरोप लगाएको छ । राधाकृष्णका ७५ बर्षिय बुवा रामकृष्ण बुढ्थापाले वालमन्दिरमा आयोजना गरिएको पत्रकार भेटघाटमा उच्च अदालत सुर्खेत जुम्ला ईजलासका दुई न्यायधीसले असार १३ गते मृतक छोरा राधाकृष्णको बिषयमा गरेको फैसालले न्यायमरेको अनुभव भएको बताउनुभयो ।

उहाँले घटनाका सवै प्रमाणहरु हुदा पनि दुर्घटना हो भन्नु राज्यमा आंतकवादलाई प्रोत्साहन गर्ने काम न्यायक्षेत्रबाटै भएको र आफ्नो हत्या गरिएको मृतक छोरा मात्रै नभई हजारौको पिडितको सवालमा प्रश्न उठेको, यस्ता अभ्यासले आतंकवादको सृजना गर्ने त्रास भएको भन्दै आक्रोस पोख्नुभयो ।

चन्दननाथ नगरपालिका–२ खोलीकोटका तथा तत्कालिन नयाँ शक्ति पार्टीका नेता राधाकृष्ण बुढ्थापाको हत्या घटनाका आरोपित सोही नगरपालिका – ६ का खड्कजित रोकाया र एङ्गल लामालाई जिल्ला अदालत जुम्लाले ०७७ मंसिर २१ गते जन्मकैदको फैसला सुनाएको थियो । उक्त घटनाको विषयलाई लिएर विशेष अनुसन्धान समिति पनि गठन गरिएको थियो ।

घटनाका प्रतिवादी पक्षले आफुहरु घटनामा संलग्न नरहेको र निर्दोष रहेको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा जाहेरी दिएका थिए । उच्च अदालत सुर्खेत जुम्ला इजलासका सुचना अधिकारी तथा शाखा अधिकृत राकेशमणि उपाध्यायले घटना प्रतिवादी निर्दाेष ठहरी गरी ०७९ असार १३ गते सफाई दिने फैसला गरेको र पूर्णपाठ आउने समय लाग्ने जानकारी दिनुभयो । न्याधीसहरु नसरुल्लाह अन्सारी र डाक्टर नवराज थपालियाको ईजलासले असार १३ मा उक्त फैसला गरेको उच्च अदालत सुर्खेत जुम्लाले जनाएको छ ।

मृतक बुढ्थापाका बुवा रामकृष्ण बुढ्थापाका अनुसार जिल्ला अदालतले जन्मकैद तोकेका व्यक्तिलाई सफाई दिनु भनेको उच्च अदालत सुर्खेत जुम्ला इजलासले उन्मुक्ति दिएको हो । यो फैसला प्रति हाम्रो घोर आपत्ति छ । सरासर गलत गरिएको छ ।

छानविन समितिको प्रतिवेदनले प्रष्ट पार्छ : रोकाया
पत्रकारको प्रश्नमा घटनाका प्रतिवादी रोकायाका अनुसार राधाकृष्ण बुढ्थापाको घटना घटिसकेपछि विभिन्न कोणबाट प्रश्न उठे । घटनाका विषयमा दुधको दुध पानीको पानी छुट्याउनु पर्दछ भन्ने उद्देश्यका साथ सत्य तथ्य छानविन गर्नका लागि मन्त्रीपरिषद्को निर्णय अनुसार गृहमन्त्रालयको आदेशमा विशेष छानविन समिति गठन भएको थियो ।

उहाँका अनुसार तत्कालिन नेपाल सरकार गृहमन्त्रालयका सहसचिव गोपालप्रसाद अर्यालको नेतृत्वमा ५ सदस्सीय छानविन (अनुसन्धान) समिति गठन भएको हो । छानविन समिति गठन पश्चात ०७५ भदौँ २० गने जुम्लामा आएर मृतकका परिवार भेटेर नेपाल सरकारको तर्फबाट सहानुभुति दिएर अनुसन्धान गर्ने विधि प्रक्रिया प्रष्ट पारेर घटनाको सत्थ तथ्य छानविन गर्ने विश्वास दिलाएको थियो । निश्पक्ष अनुसन्धान गर्ने उद्देश्यका साथ जुम्ला आएको अनुसन्धान टोलीले जिल्लाका सरोकारवाला निकाय प्रहरी प्रशासन, राजनीतिक दल, स्थानीय पत्रकारसमेतलाई बुझेको थियो । रोकाया भन्नुहुन्छ, अनुसन्धानका आधारमा प्रष्ट हुन्छ कि दुर्घटना भएको हो । उहाँले टेलिफोनमा जुम्लाको पत्रकारहरु पनि घटनाका समाचार लेख्ने क्रममा वायोस भएको गुनासो पोख्नुभयो ।

रोकायाले त्यतिबेला नै जिल्ला अदालतबाट मैले सफाई पाउनु पर्ने हो तर मेरै पक्षको वकिललाई आफ्नो वनाउन प्रभावित पारियो अर्को जिल्ला अदालतमा प्रतिवेदन आउन नपाएको बताउनुभयो ।
जुम्ला चन्दननाथ नगरपालिका – २ खोलीकोटका तत्कालिन नयाँ शक्तिका नेता बुढ्थापा चन्दननाथ नगरपालिका ५ जुगाड खोलामा ०७५ साउन २१ गते मृत अवस्थामा फेला परेका थिए । मृतकका आफन्तले ०७५ साउन २१ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा हत्या गरिएको आरोपमा रोकाया र लामाको नाममा किटानीसहितको उजुरी दिएका थिए । प्रहरीमा उजुरी पश्चात सोही दिन आरोपित दुवै जना पक्राउ परेका थिए । उच्च अदालत सुर्खेत जुम्लाले भने असार १३ गते दुवैजनाले सफाई पाएका तर पूर्ण पाठ आएपछि थप प्रष्ट हुने बताएको छ ।

मृतकका परिवार तथा आफन्तले घटनालाई दुर्घटना भन्ने न्यायलयको आशा निराशामा परिणत भएको भन्दै आईतवार सार्वजनिक खुला स्थानमा पत्रकार भेटघाट गरी आफ्नो प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्