OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ १३, २०७९जुम्ला,
५५१ पटक

असार १७ गते । जुम्लाको हिमा गाउँपालिकाले बाजागाडमा केन्द्र टुंगो लगाएको छ ।
गाउँसभाको वैठकले बाजागाडमा पायक पर्ने स्थान भएको भन्दै टुंगो लगाएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार केन्द्र टुंगो नलाग्दा काम गर्न समेत साँघुरो र भौतिक संरचनाको अन्यौल भएकाले चाडै तोकिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

अघिल्लो कार्यकालको गाउँसभाले पनि बाजागाडलाई केन्द्र गर्ने टुंगो लगाएपनि कार्यान्वयन हुन सकेको थिएन । यस पटक भने जस्तो सुकै चुनौतिमा पनि जनताको सजिलोको लागि भएपनि केन्द्र टुंगो लगाईएको र कार्यान्वयन हुनेमा ढुक्क भएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

जुम्लाको सवैजसो पालिकाको स्थान करिब टुंगो लागिसकेको छ । तर हिमाको अन्यौल भएको थियो ।

प्रतिकृया दिनुहोस्