OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०७९सुर्खेत
२९१ पटक

१२ असार २०७९, आइतबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको अठारौं बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव.२०७८÷०७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गर्नुभयो । “बजेट निर्माणका सवालमा पनि सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति भयो,” उहाँले भन्नुभयो, “योजना टुक्र्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रम सच्याउने जस्ता काम भयो । हरेक कुरामा सहमति विपरीत कार्य भए । यो एमालेका लागि यो सह्य हुँदैन ।”

नेता कँडेलले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्ला पनि कर्णालीको बजेट ल्याएर सीमाना विस्तार गरेको कटाक्ष गर्नुभयो । हुँदै नभएको जिल्ला र भूगोललाई समेटेर ल्याएको बजेटलाई समर्थन गर्न नसकिने र सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो

बजेटमाथिको सैद्धान्तिक छलफलबाट एमालेले दिएको सुझाव ग्रहण सरकारले नगरेको भन्दै बैठकको काम कारवाही रोकिएपछि सभामुख राजबहादुर शाही एमालेका प्रदेशसभा सदस्यहरुलाई बैठक सुचारुका लागि आग्रह गर्नुभयो । अवरोध जारी भएपछि सभामुख शाहीले असार १३ गते दिउसो ३ः०० बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्