OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १२, २०७९सुर्खेत
३४० पटक

११ असार २०७९, शनिबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट कार्यान्वयनलार्ई प्रदेश सरकारले केन्द्रबिन्दुमा राखेको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १७औं बैठकमा मन्त्री विष्टले आगामी आव.२०७९÷०८० मा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै प्रदेशको चार वर्षको बजेटमाथि समीक्षा गरी निर्माण गरिएको बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले सर्वाङ्गीण क्षेत्र समेटेर नै बजेट ल्याइएको छ ।

प्रदेश सरकारको अन्तिम बजेट भएपनि यसलाई अधुरा योजना सम्पन्न गर्ने ध्येयका साथ बहुवर्षीय र क्रमागत आयोजना निर्माण जोड दिइएको बताउनुभएका मन्त्री विष्टले जवाफ दिने क्रममा भन्नुभयो, “सामाजिक विकास र सुरक्षाका लागि हुम्ला, डोल्पा, कालीकोट, मुगुमा ५०, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यानका लागि १०० शैयाको अस्पताल निर्माणलाई अगाडि बढाईएको छ ।”

बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशसभा नियमावली, २०७४ को नियम १३२ उपनियम ६ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक २०७९ अन्तरगत मन्त्रालयगत विनियोजन माथिको छलफलका लागि १२ गतेदेखि १८ गतेसम्मको कार्यतालिका निर्धारण भएको सूचना गर्नुभयो । उहाँका अनुसार उक्त विनियोजन विधेयक अन्तरगत उहाँले असार १३ गते आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, १४ र १५ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको छलफल हुनेछ ।

त्यस्तै, असार १६ र १७ गते आर्थिक मामिला तथा योजना मन्त्रालय, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र असार १८ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोकसेवा आयोग, मुख्य न्यायधिवक्ताको कार्यालय र प्रदेश योजना आयोगका शीर्षकमाथि दफावार छलफल हुने उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्