OnlinePana

आज : २०८३ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १२, २०७९
९८२ पटक

जिल्ला समन्वय प्रमुख समितिका प्रमुख गौरीनन्द आचार्यले लागु औषध प्रयोग गर्ने आफ्नो केटाकेटी भएपनि सुधार्नका लागि प्रहरीलाई खबर गर्नुपर्ने बताउनुभयो ।
जुन २६ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस जुम्लाममा गरिएको सचेतना मुलक र्यालीमा प्रमुख आचार्यले सो कुरा बताउनु भएको हो ।

जिल्लामा स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालय जुम्लाको अगुवाईमा सम्पन्न र्याली कार्यक्रममा प्रमुख आचार्यले लागु औषध अहिलेको यूवा पुस्तामा भयानक रुपमा आएकाले त्यस्तो देखिएमा अभिभावकले प्रहरीलाई सहयोग गर्ने दिन आएकोमा जोड दिनुभयो ।


लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको नारा ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन’ भन्ने मुलनाराका साथ जुम्लाको सदरमुकाम मुख्य बजारबाट कालेखोली बसपार्क बिजयनगर हुदै मुख्य बजारमा रयाली सकिएको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिन आबश्यक रहेको बताउनुभयो । उहाँका अनुसार “हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”।

यसका लागी सबैसरोकारवाला निकाय एकजुट हुन जरुरी छ । उनले भनिन, प्रहरी प्रशासनको तर्फबाट बिद्यालय , गाउँटोलमा समेत अपराधिक गतिविधि बिरुद्धका सचेतना कार्यक्रम भइरहेका छन ।
“यसले उनीहरुको भविष्य नै डामाडोल हुनसक्छ, त्यसैले अभिभावकहरु पनि अलि चनाखो बन्नुपर्छ ।”अभिभावकले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि सम्लग्न हुने गरेको प्रति चिन्ता बढेको छ ।

प्रतिकृया दिनुहोस्