OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ११, २०७९
९६८ पटक

असार ११ गते । जुम्ला हिमा गाउँपालिका कालिगड कालो तिरुवा सम्मानित हुनु भएको छ । १२ औ गाउँसभाको क्रममा तिरुवालाई हिमा गाउँपालिकाले सम्मान गरेको हो ।
पर्यटकले एक पटक तस्बिर खिचेर जाने चिउडी साँघुमा रहेका कलात्मक काष्ठकलाका चित्र बनाउने देखी विभिन्न काठका कलात्मक कामहरु गर्दै आएका ज्येष्ठ नागरिक कालो तिरुवा सम्मानित भएका हुन् ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले दोसल्ला, प्रमाणपत्र र रु ३ हजार नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिनुभयो ।
तिरुवाले सम्मान भएपछि आफ्नो पेशाको सम्मान भएको समेत बताउनुभयो । आफुले पञ्चायत र बहुदलदेखी हाल सम्म हस्तकलाका कलात्मक काम गरेको बताउनुभयो ।

हिमा ७ चिउडी निवासी स्थानीय हस्तकला कालिगड मानिने तिरुवा अहिले ६५ बर्षको हुनुभयो । तिरुवालाई सम्मान गर्न पाउदा खुशी लागेको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो । उहाँले गाउँपालिकाको निति कार्यक्रममा गाउँपालिकाका उल्लेख्य योगदान पुरयाउने व्यक्ति तथा कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम समेत अघि सारिएको छ ।

तिरुवाको कलाको कदर गर्दै तल्लो चिउडि साँघु पनि सानो लगानीमा अघिल्लो सरकारको समयमा बनाउन दिएको गाउँपालिकाले जनाएको छ । रजवबहादुर शाही अध्यक्ष नेतृत्वको सरकारले पनि उनले बनाएका काठेपुलमा रंगरोपण तथा मर्मत गरेको थियो ।

हिजो कुनै वेला राजा र रानीका तस्बिर काठमा जस्ताका तस्तै कोर्ने अवसर पाएको थिए । आज अझ अवसर पाएर प्रचण्ड, गिरीजा, शेरबहादुर, केपी ओली, माधव नेपाल सहितका शिर्ष नेताहरुको समेत तस्बिर बनाउने धोको रहेको तिरुवाले बताउनुभयो ।
तिरुवाले कैयनपटक जुम्लामा राजाको आगमन हुदा काठका मुलगेटहरु बनाउने देखी धार्मिक स्थलका काठका गेटहरु बनाउने गरेका छन् । काठका तस्बिरहरु लिन वाहिरका मानिसहरु पनि उनका घरमा आउने गरेका छन् ।

हिमा गाउँपालिका नजिकै चिउडी साँघुमा तत्कालिन पूर्वराज विरेन्द्र, रानी ऐश्वर्य सहित अन्य तस्बिरहरुले पर्यटक त्यो क्षेत्रमा आकर्षित हुने गरेका छन् । तिरुवा जस्तै थुप्रै काष्ठकलाका धनिहरु लुकेर बसेका छन् । उहाँको पेशाको सम्मान तथा व्यवसायीक काम स्थानीय सरकारले दिदा थप राम्रो हुनेछ ।

कर्मचारी पनि सम्मानित :
१२ औ गाउँसभाले ईमान्दारीता पूर्वक काम गरेकोको भन्दै केही कर्मचारीलाई समेत सम्मान गरेको छ ।
गाउँपालिकाका नायव सुब्बा लोकप्रसाद उपाध्याय, वडासचिवको तर्फबाट कात्तिक रोकाया, स्वास्थ्यकमीको, तर्फबाट सिअहेव छैटौ टेकबहादुर बुढा, प्राथामिक स्वास्थ्य केन्द्रका कर्मचारी परेक शाही, गाउँपालिकाका जयरुप शाहीलार्ई इमान्दारीता पूर्वक काम गरेको भन्दै सम्मान गरिएको छ ।

यसैगरी गाउँपालिकाले आफ्नो निति कार्यक्रम ल्याएको छ । गाउँपालिकाले रारा सिञ्जाको आफ्नो क्षेत्रको सड्कलाई ५० हजार हजार विरुवा रोप्ने तथा हिमा नदीलाई ग्रिन रिभरको आधार तयार गर्ने निति ल्याएको बताएको छ ।

 

प्रतिकृया दिनुहोस्