OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

हिमाको निति कार्यक्रम : ग्रिन रोड, ग्रिन रिभर, वालविवाह मुक्त पालिका

ज्येष्ठ नागरिक, सुत्केरी, महिला, अपांगता, असहाय, व्यक्तिहरुलाई निशुल्क एम्बुलेन्स सेवा

नेत्र शाही, आषाढ १०, २०७९जुम्ला,
६५९ पटक

असार १० गते । यहाँको हिमा गाउँपालिकाले आर्थिक बर्ष २०८०।०८१ को निति कार्यक्रम ल्याएको छ । गाउँपालिका उपाध्यक्ष सुपर्ना शाहीले प्रस्तुत गर्नुभएको निति कार्यक्रममा गाउँपालिकाले भौतिक पूर्वाधार सहित केही लोकप्रिय कार्यक्रम अगाडि सारेको छ ।

गाउँपालिका उपाध्यक्ष शाहीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा ग्रिन रोड रिभरको आधार तयार गर्न यो बर्ष ५० हजार बृक्षा रोपण गरिने भएको छ । गाउँपालिकाले वालविवाह मुक्त गर्न अभियान थाल्ने । अर्गानिक वालीलाई संरक्षण गर्ने, आफ्नै रेडियो स्थापना गर्ने, शिक्षा नितिको कार्यान्वयन गर्ने भएका छ ।

विकासका सम्पूर्ण पूर्वाधारहरुको मूल आधार, हिमा गाउँवासीको सुखी खुसी र सम्बृद्धिको सपना पार्नुछ साकार भन्ने मुल नारा सहित सम्पन्न हिमा गाउँपालिकाको १२ औ गाउँसभाले निति कार्यक्रम पास गरेको छ । निति कार्यक्रममा हिलो मुक्त वाँकी गाउँलाई आरसिसि, पिसिसि वाटो निर्माण, पर्यटीकय झरना रुपी छहरालाई प्रचार प्रसार र तथा पदमार्ग निर्माण, यूवाहरुलाई टेवा पुग्ने व्यवसायीक खेति, कच्ची सड्कको स्तरउन्नति, रैथाले वालीको संरक्षण, एकल महिला तथा अपांगता भएका व्यक्तिलाई तालिम तथा लघुउद्यम कार्यक्रम दिईनेछ ।

हिमाका बृहत आयोजनाहरुको डिपिआर गर्ने, हरेक तिन महिनामा सूचना प्रकाशन प्रशारण र पत्रकार भेटघाट गरिने भएको छ । निति कार्यक्रममा कर्मचारी तथा शिक्षकलाई पुरस्कृत, कृषि पशुपंक्षी र महिला वालवालिकाका शाखाका कार्यक्रमहरु थप बजेटको व्यवस्था गरिने उल्लेख छ । हिमाका हरेक विद्यालय, स्वास्थ्यचौकी, ईन्टरनेट जडान गर्ने, नेत्र ज्योति संघ, स्काउट शाखा तथा रेडक्रसको उपशाखा विस्तार गरिने उल्लेख छ ।

यसैगरी ज्येष्ठ नागरिक, सुत्केरी, महिला, अपांगता, असहाय, व्यक्तिहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने छ । यसैगरी सवै माध्यामिक विद्यालयमा एक नर्सको व्यवस्थापन गर्ने, अन्तिम शुक्रवार अध्यक्ष सँग विद्यार्थी कार्यक्रम राखिने, सुन्दर हिमा सफा हिमा, प्रत्यक घरमा एक घर एक धारा निर्माण गरिने । शान्ति सुरक्षालाई प्रथामिकता दिने । विभिन्न क्षेत्रका उल्लेखनीय कार्य गर्ने व्यक्तिलाई सम्मान गर्ने ।

यसैगरी गाउँपालिकाका केन्द्रको टुंगो लगाईने भएको छ । लोक सस्कृति र देउडा महत्सव गरिने भएको छ ।
निति कार्यक्रममा वोल्दै अध्यक्ष लक्ष्मणबहादुर शाहीले हरेक क्षेत्रको मानोभावना निति कार्यक्रमको समेटने प्रयास गरिएको भन्दै ५ लाख भन्दा मुनीका योजना निरुत्साहित गरिएको बताउनुभयो । उहाँले हिमावासीले आफुलाई दिएको मत र गरेको विश्वास नमार्नेमा जोड दिनुभयो । उहाँले नाग्म देखी आचार्य हिमा क्षेत्रमा पर्यटकलाई आनन्द लिने तरिकाको विरुवा र सफा हिमा नदी अभियान कार्यान्वयन गरिनेमा जोड दिनुभयो । उहाँले निर्मम निर्णय गरेर पनि गाउँपालिकाको केन्द्र टुंगो लगाउने प्रतिवद्धता कायम गर्नुभयो ।

निति कार्यक्रममा सुझाव समेत दिइएको छ । नेकपा एमालेका जयबहादुर खत्री, नेपाली कांग्रेसका नरबहादुर शाही, नेकपा माओवादीका प्रदेश कमिटि सदस्य लक्ष्मीकन्य बुढा, समाजवादीका जनक अधिकारी,नेमकिपाका ऐनबहादुर शाही सहित वडाध्यक्षहरु, पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर सहित सरोकारवाला निकायहरुले सुझाव राखेका थिए । राजनैतिकदलका नेताहरुले निति कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । यसैगरी नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गाउँपालिकाको समग्र विकासका लागि नितिमा आएका राम्रा कामहरुको कार्यान्वयनको शुभकामना दिदै सूचना तथा सचार क्षेत्र, पत्रकारहरुको क्षमता अभिबृद्धि तथा प्रोत्साहन जस्ता कार्यक्रमहरु ल्याउन जोड दिनुभयो ।

यसैगरी १२ औ गाउँसभामा कर्मचारी सम्मानको कार्यक्रम समेत राखिएको थियो । गाउँपालिका कर्मचारी लोकप्रसाद उपाध्याय, कात्तिक रोकाया सहित राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ । यसैगरी काष्ठकला कालिगड कालोतिरुवा समेत सम्मानित हुनु भएको छ । गाउँपालिकाले अघिल्लाे सरकारले शुरूवात गरेका राम्रा कामहरू  पनि समेटेकाेछ । यसैगरी अाथिक बर्ष २०८९/८० का लागि ३९ कराेड, ८० लाख ८५ हजार बजेट बिनियाेजन गरिएकाे छ ।

प्रतिकृया दिनुहोस्