OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ ९, २०७९जुम्ला,
२२३ पटक

असार ९ गते । जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिने भएको छ । पातारासी गाउँपालिकालाई २०७९ असार १५ गते पूर्णखोप घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
गाउँपालिकाको पत्र तथा स्वास्थ्य सेवा कार्यालयको अनुगमनको आधारमा पातारासी पूर्ण खोप घोषणा गर्न उपयुक्त भएको भन्दै जिल्ला खोप समन्वय समितिको वैठकले घोषणा गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको जिल्ला खोप समन्वय समितिको वैठकले असार १५ गते पातारासीलाई पूर्ण खोप घोषणा गर्ने भएको स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पातारासी गाउँपालिकाले पूर्ण तयारी भईसकेको पत्र पठाएको र त्यसको थप अनुगमन गरेपछि घोषणा गर्न उपयुक्त भएको छ । जिल्ला समन्वय समितिमा बसेको समितिको वैठकले महिला स्वास्थ्य स्वंसेविकाको तर्फवाट समितिमा स्वंसेविका हजमा विकलाई मनोनयन समेत गरेको छ ।

वैठकमा जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले गाउँपालिकाको तयारी अनुसार पत्र प्राप्त भई स्वास्थ्य कार्यालयको अनुगमन भएकाले घोषणाको तयारी गरिएकोले यसमा सवै लागेर सफल लाग्नुपर्ने र काम गर्ने टिम सवैलाई धन्यवाद दिनुभयो ।

कार्यालय प्रमुख सापकोटाले जिल्लाका अन्य सवैपालिका पूर्णखोप घोषणा भईसकेका र पातारासी अन्तिम पालिका रहेको जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर बुढ्थापाले पूर्णखोप घोषणा भएकामा पनि कोही छुटेका छन कि भनेर खोजी भईरहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्