OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ९, २०७९सुर्खेत
५०९ पटक

९ असार २०७९ बिहीबार 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दिक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गएको बैशाख ६ गते सम्पन्न गरेको उक्त दिक्षान्त समारोह सञ्चालनको लागि रु.३७ लाख एक हजार तीन सय रकम खर्च भएको जनाएको छ । विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रममा लागेको खर्च विवरण सार्वजनिक गरेको हो ।

विश्वविद्यालयका डीन एंव दीक्षान्त समारोहअन्तरगत प्रचारप्रसार समितिका संयोजक डा.लिलाधर तिवारीले अतिथि सत्कार र यातायात खर्चमा सबैभन्दा बढी रु.१३ लाख ७४ हजार खर्च भएको जनाउनुभयो । रु.सात लाख ३६ हजारको खाजा नास्ता, कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनमा रु.पाँच लाख ७० हजार खर्च भएको हो ।

त्यस्तै, प्रमाणपत्र व्यवस्थापनमा दुई लाख ६९ हजार, प्रमाणपत्र तथा शिलालेख व्यवस्थापनमा एक लाख ३७ हजार खर्च भएको डीन डा.तिवारीले जानकारी दिनुभयो । प्रचारप्रसारमा रु.एक लाख ३७ हजार, सम्बोधन र प्रतिवेदन मस्यौदाका लागि रु.एक लाख ६१ हजार, स्वयंसेवक परिचालनमा ६७ हजार, सिनेट बैठकको भत्तामा ९९ हजार, प्रमुख अतिथि स्वागत सत्कारमा रु.एक लाख र गाउनसेट व्यवस्थापनको लागि र.४८ हजार खर्च भएको उहाँले बताउनुभयो ।

प्रचारप्रसार समितिका सदस्य युवराज शर्माले प्रमुख अतिथिहरु विदेशबाट आउनुपर्ने भएकाले पनि यातायात तर्फ खर्च बढी आएको बताउनुभयो । शर्माले जतिसक्यो खर्चलाई व्यवस्थापन गरेको बताउँदै यस वर्ष २९ विभिन्न व्यक्तित्वहरुलाई पदकले सम्मानित र ५१९ विद्यार्थी दिक्षित भएको जनाउनुभयो ।

दिक्षान्त समारोह शिक्षा मन्त्री एंव विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलको अध्यक्षता तथा नोवेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । यस अघि विश्वविद्यालयले विसं. २०७४ असार १९ मा दिक्षान्त समारोह सम्पन्न गरेको थियो ।

प्रतिकृया दिनुहोस्