OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ ८, २०७९जुम्ला,
३८२ पटक

असार ८ गते । चन्दननाथ नगरपालिका वालविवाह मुक्त गर्ने अभियानमा जुटेको छ । नगरपालिकाले वि.सं २०८४ साल सम्म वालविवाह मुक्त गर्ने अभियानका लागि रणनितिक योजना मस्यौदा सहित विभिन्न कामहरु अगाडि सारिएका छन् ।

चन्दननाथ नगरपालिका महिला तथा वालवालिका शाखा अहिले वालविवाह मुक्त गर्ने रणनिति योजनामा लागेको हो । महिला तथा वालवालिका शाखाका बालकल्याण अधिकारी पुष्पा थापाका अनुसार वाल विवाहलाई मुक्त गर्ने दिर्घकालिन रणनितिक योजनाको मस्यौदा तयार गरि छलफल अगाडि बढाईएको बताउनुभयो ।

यसैगरी चन्दननाथ नगरपालिकाले वालविवाह अन्त्यका लागि तयार पारेको रणनितिक योजनामाथी सरोकारवाला विच छलफल थालेको हो । नगरपालिकाले वालविवाह अन्त्यका लागि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन गर्न, बालबालिका किश्वर किश्वरी, अभिभावक, यूवा, सामुदायिक अगुवा, संघ संगठनको क्षमता अभिबृद्धि गरि परिचालन, सवै खाले हिंसा अन्त्य तथा वालवालिका संरक्षित गर्ने सहित वालवालिकाको हितमा काम गर्ने योजना सहितको रणनितिक योजनाको मस्यौदा तयार गरेको छ ।

मस्यौदामा छलफल गर्दै चन्दननाथ नगरपालिकाका जनप्रतिनिधिहरुले रणनिति योजना सहित कार्ययोजना चाडो बनाउनुपर्नेमा जोड दिएका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष तथा सामाजिक समितिका संयोजक रुपबहादुर रोकायाले कुरुति अन्त्य गर्न वडास्तरबाटै वालक्लव देखी सरोकारवाला निकायहरुको सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले वालविवाह अन्त्यका लागि घोषणाको पूर्वाधार तयार गरी चाडै घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

वडानम्बर १० अध्यक्ष नवराज शाहीले वालविवाह पछिको वहुविवाहले धेरै समस्या ल्याएकाले चाडै यसको अन्त्य गर्न सवै लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीले वालविवाह न्यूनिकरण गर्न आयोगले खेल्ने भूमिका खेल्ने प्रतिवद्धता जनाउनु भयो ।

अधिवक्ता अनिता तिमिल्सेनाले वालविवाह मुक्तका लागि रणनितिक योजनाको मस्यौदा माथी सहजीकरण गर्नुभयो । उहाँले नेपालको कानूनले कुनै पनि हालतमा वालविवाह गर्नु नहुने प्रावधान भएकाले स्थानीय सरकार सहित सरोकारवाला निकायहरुले यसमा जोड दिनुपर्ने बताउनुभयो । जुम्लामा वालविवाह भयभह रुपमा भएपनि यसको आधिकारिक तथ्यांक नभएकाले तथ्यांक संकलन गरिनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।

हाल सम्म कुनै पनि स्थानीय तहले वालविवाहको आधिकारिक तथ्यांक संकलन गर्न सकेका छैनन् । प्रहरीमा वा न्यायीक समितिमा पनि खासै वालविवाहका घटना त्यति नआउने गरेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय जुम्लाको एक तथ्यांक अनुसार भने ८६० वालवालिकाले अघिल्लो आर्थिक बर्षमा बच्चा जन्माएको बताएको छ । कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार जिल्लाभर वालविवाह धेरै भएको यो एक सामान्य तथ्यांक हो ।

प्रतिकृया दिनुहोस्