OnlinePana

आज : २०७९ आषाढ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ६, २०७९सुर्खेत
३२ पटक

६ असार.२०७९, सोमबार

प्रहरी कार्यालय सुर्खेतले बेवारिसे अवस्था तीन थान भरुवा बन्दुक फेला पारेको छ ।

सुर्खेत पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका ११ सुर्खेत थाइस्थित जंगलमा बेवारिस अवस्थामा भरुवा बन्दुक फेला पारेको हो । अस्थायी प्रहरी पोष्ट तातापानी सुर्खेतबाट हिँजो गस्तीमा खटिई गएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा थाइ भन्ने जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १ नाले ३ थान (साबुत) भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । त्यस्तै, सुर्खेत भेरीगंगा नगरपालिका ५ सुर्खेत बबईस्थित चेक प्वाईन्टमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको लु.१.क.४३९३ नम्बरको मिनि ट्रकलाई चेकजाँच गर्दा बिल नभएका ४० क्विन्टल चिनी, २३ बोरा सुर्ती, दालमोठ १५ पोका र पेय पदार्थ (कोल्ड ड्रिङ्स) चार पेटी सामानहरु बरामद गरी आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्