OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ४, २०७९
६९२ पटक

४ असार २०७९ शनिबार

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले आगामी आव.०७९÷०८० का लागि ‘एक जिल्ला, एक उद्योग’ निर्माणको नीति लिइएको बताउनुभएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेतद्वारा आज यहाँ आयोजित औद्योगिक क्षेत्र सडक स्तानोन्नति कार्यको उद्घाटन गर्दै मन्त्री लामाले उद्योग क्षेत्रको विकास गर्न प्रदेश सरकारले उद्योगमैत्री वातावरण सृजना गर्ने कार्यलाई अगाडि बढाएको जनाउनुभयो ।

‘एक जिल्ला, एक उद्योग’ कार्यक्रम नीतिका साथै बजेटमा पनि ल्याएका छौं,” उहाँले भन्नुभयो, “देश विकासका लागि उद्योगको ठूलो भूमिका भएकाले सरकारले उद्योगीहरुलाई उत्साहित हुने कार्यक्रममा जोड दिएको छ ।” मन्त्री लामाले कर्णालीको कच्चा पर्दाथ उपयोग गर्ने खालका आठवटा उद्योगलाई अनुदानको व्यवस्था गरिने जनाउनुभयो ।

कर्णालीमा औद्योगिक क्षेत्रको विकासका निम्ति नीजि तथा साझेदार निकायहरुसँग समन्वय र सहकार्य गर्ने र र आवश्यकतामा प्रदेश सरकारले पनि सहयोग गर्ने उहाँको भनाई थियो । उहाँका अनुसार औद्योगिक क्षेत्रमा रहेको सडकमा ५०० मिटर कालोपत्र गरिएको छ । त्यसका लागि करिब रु.६९ लाख बजेट रहेको थियो ।

प्रतिकृया दिनुहोस्