OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०७९सुर्खेत
४१८ पटक

१ असार २०७९, बुधबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनर सुर्खेतमा ‘पहिरो जोखिम प्रारम्भिक चेतावनी प्रणाली’सम्बन्धी प्रदेशस्तरीय छलफल गरिएको छ ।

स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा प्लान ईन्टरनेश्नल नेपालद्वारा आज आज आयोजित प्रदेशस्तरीय छलफलमा कर्णाली प्रदेशको पहिरोको उच्च जोखिम रहेको कालीकोटको नरहरिनाथ गाउँपालिका केन्द्रबिन्दु बन्यो । छलफलमा स्टार्ट नेटवर्कका परियोजना संयोजक विजयराज पन्तले आफ्नो प्रस्तुति राख्दै नेपालमा मनसुन शुरु भइसकेकोले मनसुनजन्य विपद्बाट कर्णाली तथा सुदूरपश्चिम नेपालका बस्तीहरु बढी खतरामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा पहिरो खस्ने सबैभन्दा प्रमुख र बारम्बार दोहोरिने खतराहरु मध्ये एक हो, जसको परिणाम प्राय विपदका घटनाहरु हुने गर्दछन् । वर्षाले हुने अधिकांश पहिरो मनसुनको समय जुन महिनादेखि सेप्टेम्बरसम्म जाने गर्छ । वर्षाको ढाँचामा परिवर्तन, भारी बर्षाको बढ्दो तीव्रता तथा आवृत्तिले गर्दा समुदाय र घरपरिवारलाई नकारात्मक असर गरिरहेको छ ।”

 

प्लानले डिजिटल र मोबाइल एप्लिकेसन र बेव आधारित प्लेटफर्मको विकास गर्न थालेको संयोजक पन्तले बताउनुभयो । त्यस्तै, अनुसन्धानकर्ता क्षितिज दाहालले पहिरोको संवेदनशीलता मापन, पूर्व चेतावनीका लागि मोबाइल एप्सको प्रयोग र त्यसबाट प्राप्त हुने सूचना पाउने गरी एक हजार २०० घरधुरी संख्या भएको नरहरिनाथ गाउँपालिकामा परीक्षण परियोजना शुरु गर्न थालिएको बताउनुभयो ।

उहाँले परीक्षण परियोजनाअन्तरगत पहिरो जोखिम प्रारम्भिक चेतावनी प्रणाली तथा बेव एप्लिकेशन समुदायमा आधारित, लैङ्गिक संवेदनशील, घरधुरीस्तरको विपद पूर्वयारीका तथ्याङ्कहरुलाई आधार मानी तयार गरिने जनाउनुभयो । अनुसन्धानकर्ता दाहालका अनुसार हरेक नागरिकलाई प्रविधिका माध्यमबाट पहिरोलगायतका विपद्को पूर्व जानकारी दिने गरी काम भइरहेको छ ।

हावापानी फिल्ड कार्यालय सुर्खेतका मेट्रोलोजिष्ट हिमाल सिवाकोटीले मनसुनजन्य विपद्बाट कर्णाली प्रदेशका ५५ हजार नागरिक प्रभावित हुन सक्ने तथ्याङ्क रहेको बताउनुभयो । उहाँले नागरिकहरुको पूर्व चेतावनी तथा जानकारीका सुर्खेतको रातानाङ्ला नेपालकै पहिलो राडार निर्माण गरिएको जनाउनुभयो ।

“राडारले २०० किलोमिटर टाढाको मनसुनको स्क्यानिङ् गर्छ,” मेट्रोलोजिष्ट सिवाकोटीले भन्नुभयो, “यसले वर्षा, बाढी, मौसमी आद्रताको पूर्व सूचना दिन्छ ।” कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रविधिजन्य उपकरणको सहायताले पहिरोजन्यलगायतका विपद्को पूव जानकारी पाउन सकिने मानवीय तथा भौतिक क्षतिबाट बच्न सकिने तथा यसका लागि तीनै तहको सरकारले प्रतिकार्यको पूर्व तयारी गर्नुपर्नेमा जोड दिएका थिए ।

 

 

प्रतिकृया दिनुहोस्